Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामाग्री सम्प्रेष गर्ने टाईगर राना बुटवलबाट पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामाग्री सम्प्रेष गर्ने टाईगर राना बुटवलबाट पक्राउ

संसारपोस्ट संवाददाता · १ श्रावण २०८० · 0
प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामाग्री सम्प्रेष गर्ने टाईगर राना बुटवलबाट पक्राउ
120
SHARES
ShareTweet

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमा घृणा र द्वेष फैलाउने सामाग्री सम्प्रेषण गरेको आरोपमा बुटवलबाट एक युवा पक्राउ परेका छन् । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा प्रधानमन्त्री विरुद्ध घृणा र द्वेष फैलाउन सामाग्री सम्प्रेषण गरेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले रुपन्देही देवदह नगरपालिका–८ वस्नै वर्ष ४९ का शेरबहादुर रानालाई बुटवलको देबीनगरबाट पक्राउ गरेको हो ।
ब्युरोको टोलीले काठमाडौंबाट लोकेशनको खोजी गर्दै बुटवल आएर इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा रानालाई पक्राउ गरेर काठमाण्डौ लगेको प्रहरी स्रोतले जनाएको छ । मगरले ‘टाईगर राना मगर’ नाम भएको फेसवुक प्रोफाइलवाट प्रधानमन्त्रीको तस्बिर प्रयोग गरी कानुनले प्रतिवन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्दहरु प्रयोग गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आरोप प्रहरीले लगाएको छ ।
‘अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो’ भन्ने खालको कुरा जोडेर लेखेको अभियोगमा छाबिन गर्दा रानाले सो स्टाटस पोष्ट गरेको देखिएपछि पक्राउ गरिएको स्रोतको दाबी छ । त्यस्तै मगरमाथि प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप पनि प्रहरीले लगाएको छ ।
पक्राउ परेका रानामाथि प्रहरीले पाँच दिनको म्याद लिएर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ ।

≪ Previous Post

बैंकिङ कसुरमा एमाले नेता एबम् पूर्वमन्त्री यादव पक्राउ

Next Post ≫

शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क