पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा अवस्थित पवित्र धार्मिक स्थल सिद्धबाबा मन्दिर परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
लायन्स क्लब अफ मणिमुकुन्द युथको आयोजना र लियो क्लब अफ बुटवल गोल्डेन जूब्ली तथा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजनामा आजदेखि एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरू भएको हो ।
साउन महिनामा सिद्वबाबा मन्दिरमा आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्यालले जानकारी दिनुभयो ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनले निःशुल्क रुपमा मधुमेह, रक्तचाप परिक्षण लगाएतका स्वास्थ्य सेवा लिन सक्ने र यो शिविर साउन महिनभर हरेक सोमबार र शनिवार सञ्चालन हुने अध्यक्ष अर्यालले बताउनु भयो ।
साउन महिनामा सिद्वबाबा मन्दिरसहित शिव मन्दिरहरूमा पूजा आजा र दर्शनका लागि भक्तजनहरूको भिड लाग्ने गर्दछ ।