Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा

संसारपोस्ट संवाददाता · ३० असार २०८० · 0
उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा
100
SHARES
ShareTweet

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायी जोखिम र संकटको क्षेत्रमा रहेको बताउनु भएको छ । कोरोना महामारी, बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको तरलता अभाव तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी जोखिममा रहेको बताउँदै जोखिमबाट बचाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको शनिबार तिलोत्तमा स्थित संघको सभाहलमा आयोजना गरिएको आठौं तथा नवौं वार्षिक साधारण सभामा बोल्दै प्रदेश अध्यक्ष शर्माले उद्योगी व्यवसायी आत्महत्याको स्थितिमा पुगेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा बोकेको नीजि क्षेत्रलाई बचाउने दायित्व सरकारको रहेको बताउँदै अर्थतन्त्र सुदृढ गर्नको लागि पनि उद्योगी व्यवसायीलाई सकारात्मक रुपमा लिएर समस्या समाधानमा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।
आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा नीजि क्षेत्रलाई सम्बोधन नगरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा पनि त्यति धेरै आशा गर्ने ठाउँ नभएको गुनासो गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राज्यले निजीक्षेत्र मैत्री वातावरण निर्माण गर्न नसकेसम्म आर्थिक विकास सम्भव नहुने बताउनु भयो । उद्योगी व्यवसायीले जुनसुकै काम गर्दा पनि सरकारी निकायबाट हुने झण्झटिलो प्रकृया र असहज वातावरणका कारण भ्रष्टाचारमा बृद्धि भएको उल्लेख गर्दै सरकारका विभिन्न निकायबाट हुने कानुनी प्रकृयाका नाममा उद्योगी व्यवसायीलाई दुःख दिने र आर्थिक मारमा पार्ने कामलाई रोक्न आग्रह गर्नुभयो ।
अध्यक्ष भण्डारीले हाल मुलुकको विग्रदो अर्थतन्त्रलाई सुधार गर्न पुँजीगत खर्चमा बृद्धि, संस्थागत निक्षेपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने, कृषि, पर्यटन, साना तथा मझौला उद्यम लगायतका उत्पादनमुलक क्षेत्रमा पुनःकर्जाको सिमा र अवधि बढाउन आग्रह गर्नुभयो ।


त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा उद्योग समितिका सभापति राजेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भनाई राख्नुभयो । उहाँहरुले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै यति धेरै योगदान गरेको निजी क्षेत्रको संरक्षण हुन सकेन भने देशको अर्थतन्त्र झनै विग्रिदै जाने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले ऐन कानुनको परिधिमा रहेर काम गर्दा कुनै समस्या नआउने बताउनुभयो । उहांले उद्योगी व्यवसायीलाई परेका समस्या समाधान र नजानेका केही कुरा भए सिकाउन कार्यालय तयार रहेको भन्दै त्यसको व्यवस्थापन मिलाउन संघलाई आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्रराज सुवेदीले उद्योगी व्यवसायीलाई मात्रै नभएर व्याजदर बढाउनु बैंकका लागि पनि राम्रो नभएपनि देशको परिस्थितिका कारण व्याजदर बढाउन बैंकहरु बाध्य भएको बताउनु भयो । उहाँले व्याजमा दायित्व बढ्दा त्यसको व्यवस्थापन गर्ने कुरामा अग्रगामी सोंच नहुंदा अहिले उद्योगी व्यवसायीलाई समस्या भएको भनाई राख्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्ष वेलप्रसाद शर्मा, संघका कानुनी सल्लाहकार माधव घिमिरे, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने कर्जामा एकल अंकको व्याजदर कायम गर्न, कर्जाको प्रकृया सरलीकरण गर्न र निजी क्षेत्रसंग सम्बन्धित ऐन नियमहरु तर्जुमा गर्दा निजी क्षेत्रको प्रतिनिधित्व गराउन माग गर्नुभयो ।
साधारण सभाले महासचिव राजकुमार पाण्डेले प्रस्तुत गर्नुभएको वार्षिक तथा कोषाध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्म पारित गरेको छ ।
कार्यक्रममा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी मेन्स अण्डर १६ ईष्टजोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट व्याटिङ गरी गोल्ड मेडल प्राप्त गरेका तिलोत्तमा ५ का प्रतिक भट्टराई र श्रीलङ्काको कोलम्बोमा भएको तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा गोल्डमेडल प्राप्त गरेका तिलोत्तमा ९ मंगलापुरका सन्यम कंडेललाई संघको तर्फबाट सम्मान—पत्रले सम्मान गरिएको संघका कार्यालय प्रमुख लोकनाथ खनालले जानकारी गराउनुभयो ।

≪ Previous Post

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

Next Post ≫

रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क