बुटवल । काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै आजवाट बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ । कार्यालयको रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले एक समारोहका बीच शुभारम्भ गर्नु भएको हो ।
काठमाडौमा विगत चार वर्षदेखि संचालनमा रहेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले आफनो सेवा विस्तार गर्दै शनिवार बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ ।
शाखा कार्यालयको शुभारम्भ गर्दै रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले वजारमा थुप्रै शैक्षिक कन्सलटेन्सी रहेको र ती संस्थाहरुले दिएको सेवामा जनगुनासा आउने गरेको बताउनु भयो । गेट गाईडलाइन्स एजुकेशन दीगो रुपमा संचालन गर्नका लागि संस्थागत सुशासन संगै नाफालाई भन्दा पनि गुणस्तरिय सेवालाइ बढी प्राथमिकता दिन निर्देशन गर्नु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनीले आफू वडा अध्यक्ष भएको एक वर्षको दौरानमा युवायुवतीहरु रोजगारी तथा अध्ययनको लागि बिदेश जाने लहर नै चलेको छ भन्दै यस्ता शैक्षिक परामर्शहरुले दिने सेवा विश्वासिलो बनाउन जरुरी रहेको बताउनु भयो ।
बुटवल ८ सुख्खानगरमा कार्यालय शुभारम्भ गरेको गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सी बुटवलका अध्यक्ष विनोद महत्रा र म्यानेजर विशाल भण्डारीले उच्च शिक्षा अध्ययनका लागि क्यानडा, अस्ट्रेलिया, युएसए, न्यूजिल्याण्ड, युके लगायतका मुलुकमा जाने विद्यार्थीहरुलाई बुटवलवाटै सेवा प्रदान गर्ने लक्षसहित संस्थाको शुभारम्भ गरेको बताउनु भयो ।
गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीले बैंदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा, भिसा सम्बन्धी परामर्श सेवा का साथै आएल्स पीटी लगायतका सेवा दिने बताएको छ ।