Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

संसारपोस्ट संवाददाता · २९ असार २०८० · 0
मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक
110
SHARES
ShareTweet

बुटवल । असुरक्षित गर्भपतनका कारण लुम्विनी प्रदेशमा मातृमृत्युदरको संख्या अन्य प्रदेशको तुलनामा निकै अगाडी रहेको एक तथ्याँकले देखाएको छ ।
राष्ट्रिय तथ्याँकमा देशभर प्रति एक लाख गर्भवती महिलामा १५१ जनाको मृत्यु हुने गरेको छ भने लुम्बिनी प्रदेशमा २०७ जनाको मृत्यु भएको छ ।
मुलुककै तथ्याँक अनुसार गर्भपतन गर्भपतन गराउने महिलाहरु मध्ये लुम्विनीमा २० प्रतिशतले गराएका छन् । गर्भपतन गराउने महिलाहरुमा पनि २० वर्ष मुनिकाको तथ्याँक ६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यो तथ्याँक अनुसार रुपन्देही जिल्ला र लुम्बिनी प्रदेश मातृ मृत्युदर र गर्भपतन गराउने महिलाहरुको सँख्या अग्रस्थानमा रहेकोले यो अवस्था चुनौतिको विषय भएको कार्यालयले जनाएको छ ।
सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट र हेल्थ टुडे मिडिया नेपालको आयोजनामा शुक्रवार बुटवलमा भएको सुरक्षित गर्भपतन र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा समवन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले गर्भ पतन गराउन सूचिकृत स्वास्थ्य संस्थाहरु भए पनि यी संस्थाहरु भन्दा बाहिर गर्भ पतन गराउनेहरुको संख्या सरकारी तथ्याँकमा आउन नसकेको बताए । सम्वन्धित सरोकारवाला निकायले गर्भपतनका लागि सूचिकृत नभएका स्वास्थ्य संस्थाहरुलाई पनि कानुृन अनुसार सूचिकृत गर्न उनीहरुले सुझाव दिएका छन् । सूचिकृत संस्थामा भन्दा गोपनियताका कारण सूचिकृत नभएका संस्थाहरुमा गर्भ पतन गराउने महिलाहरुको संख्या धेरै रहेकोले यसले सरकारी तथ्याँकमा धेरै उतार चढाव ल्याउने भएकाले यो चुनौतिपुर्ण अवस्थालाई मध्येनजर गरी सूचिकृत नभएका संस्थाहरुलाई पनि राज्यले सूचिकृत गर्नुपर्ने उनीहरुको सुझाव छ ।
यो चुनौतिपूर्ण अवस्थालाई मध्यनजर गरि मिडियाले गर्भपतन नगरौ, गर्नैपर्ने भए सूचिकृत संस्था र चिकित्सकवाट गराउन तथा अस्थायी साधनको प्रयोगमा जोड दिने हिसावले सचेतना जगाउन आवश्यक रहेको हेल्थ टुडे मिडिया नेपालका सम्पादक पदमराज जोशीले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले लुम्बिनीमा वितेको १० महिनामा १४ हजार ३२० जनाले गर्भपतन गराएको बताउनु भयो । गर्भपतनको मुलुककै तथ्याँकमध्ये २० प्रतिशत लुम्बिनीमा रहेको छ । त्यसमा पनि २० वर्ष मुनिका महिलाको संख्या ६ प्रतिशत रहेकाले यो अवस्था चुनौति पूर्ण रहेको उहाँले औल्याउनु भयो ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सतिश रुपाखेतीले गर्भवती महिलाहरुले चिकित्सकको सल्लाह विना अधिक रुपमा औषधी सेवन गर्ने गरेकाले मातृ मृत्य दरको संख्या बढदै गएको बताउनु भयो । उहाँले अनुमति प्राप्त भन्दा वाहिर गएर सुनेको भरमा गर्भपतन गराउने औषधीको प्रयोग गर्ने महिलाहरुको संख्या बढि भएकाले अवस्था चुनौतीपूर्ण रहेको औल्याउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेले हरेक कामको अनुगमन र मुल्याँकनमा जोड दिन सके मात्र सेवाप्रवाहलाई जवाफदेही हुने बताउंदै त्यसतर्फ मिडियाकर्मीले पनि कलम चलाउन आवश्यक रहेको वताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ ईन्चार्ज पुतला खनाल, औषधी व्यवसायी सुरज भट्टराई, पत्रकार विक्रम खड्का, खिमानन्द भट्टराई, माधव नेपाल, यमलाल भुसाल, रेखा भुसाल, महेन्द्र थापालगायतले बोल्दै सुरक्षित भन्दा पनि असुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या बढी भएपनि सरकारी तथ्याँकमा रेकर्ड नहुने भएकाले यस्तो विकराल अवस्थालाई मध्यनजर गरि सरकारले आगामी दिनमा नीति बनाउदा थप संम्बेदनशील बन्न जरुरी रहेको बताउनुभयो ।

≪ Previous Post

शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग

Next Post ≫

गेट गाईडलाइन्स एजुकेशन कन्सलटेन्सीको शाखा बुटवलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क