Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग

संसारपोस्ट संवाददाता · २८ असार २०८० · 0
शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग
70
SHARES
ShareTweet

तिलोत्तमा । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा–२ रुपन्देहीले निर्माण गर्न लागेको पार्किङ्ग सहितको पार्क निर्माणका लागि बुटवल तथा तिलोत्तमा क्षेत्रका विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन् ।
खानेपानी संस्थाले सिद्धार्थ राजमार्गको पूर्व तर्फ तिलोत्तमा–२ योगिकुटी स्थित संस्थाको कार्यालय अगाडी रहेको खाली जमिनलाई ब्यवस्थित गरेर करिव १५ लाखको लागतमा निर्माण गर्न लागेको हरियाली पार्कका लागि बैंकहरुले आर्थिक सहयोग गरेका हुन् ।
पार्क निर्माणका लागि सिटिजन्स बैंक कालिकानगर शाखाले ३ लाख ५० हजार, सनराइज बैंकले ३ लाख, शाईन रेसुङ्गा बैंकले ३ लाख, माछापुछ्रे बैंकले २ लाख र सिटिजन्स बैंकको ड्राइभरटोल शाखाले रु. २५ हजार बराबरको डस्टविन गरी ११ लाख ७५ हजारको चेक संस्थालाई हस्तान्तरण गरेको संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले जानकारी दिनुभयो ।

खानेपानी सस्थामा आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंक लिमिटेडले शंकरनर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थालाई ३ लाख ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैकको कालिकानगर शाखा मार्फत बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले खानेपानी सस्थाका अध्यक्ष झविन्द्र भण्डारीलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख श्रेष्ठले बैंकले सामाजिक उत्तर्दायित्व अन्तर्गत खानेपानी सस्थाले निर्माण गर्न लागेको पार्कका लागि आर्थिक सहयोग गरेको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।

खानेपानी सस्थाका अध्यक्ष झविन्द्र भण्डारीले सस्थाले आर्थिक कारोवार गर्दै आएका बैंकहरुले सस्थाको सामाजिक काममा आर्थिक सहयोग गरेर थप हौसला प्रदान गरेको बताउनु भयो ।
तिलोत्तमाको प्रबेश द्वारमा निर्माण गर्न लागिएको हरियाली पार्कले तिलोत्तमाको सुन्दरता थप बढाउने अध्यक्ष भन्डारीले बताउनु भयो ।

सिटिजन्स बैकको कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले खानेपानी संस्थासङगको सम्बन्धलाइ थप प्रगाढ र दिगो बनाउने उद्देश्य अनुरुप सस्थाले निर्माण गर्न लागेको हरियाली पार्कलाई आर्थिक सहयोग गरेर बैकले सहकार्य गरेको बताउनु भयो ।

सो कार्यक्रममा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश कलष्टर ४ संयोजक सञ्जय पुन, खानेपानी सस्थाका उपाध्यक्ष केशब तिवारी, सचिव कमला ज्ञावालीलगायतले आगामी दिनमा पनि सस्थागत सम्बन्ध सुमधुर बनाउदै सामाजिक कार्यमा सहकार्य गरेर अगाडि बढ्ने यस्तै प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
सिटिजन्स बैकका देशभर १८८, लुम्बिनी प्रदेश्मा ५१ र रुपन्देही जिल्लामा २३ वटा शाखा कार्यालय रहेकाछन ।

≪ Previous Post

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै आर्यघाटमा दाहसंस्कार गरिने

Next Post ≫

मातृ मृत्युदरमा लुम्बिनी प्रदेश अग्रस्थानमा, असुरक्षित गर्भपतन मुख्य कारण : चिकित्सक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क