Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

संसारपोस्ट संवाददाता · ३१ असार २०८० · 0
रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन
70
SHARES
ShareTweet

बुटवल । रोटरी क्लब अफ बुटवलको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बीच वर्ष २०२४÷०२४ का अध्यक्ष करुण खनाल नेतृत्वको टिमको पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको भन्दै अझ बढी क्रियाशिल भएर रोटरी अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।
रोटरीमा युवाहरुको नेतृत्व स्थापित गर्नका लागि पहल भैरहेको भन्दै यसले रोटरीलाई अझ बढी क्रियाशिल हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहांले रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिकले लिएको लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न पनि रोटरी क्लव अफ बुटवललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष करुण खनालले वर्ष २०२३÷२४ का लागि आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष खनालले अहिलेसम्म यो क्लव मातहत १२ वटा रोटरी क्लव, ६ वटा रोट¥याक्ट क्लव, ३ वटा इन्ट¥याक्ट क्लव र तीनवटा आरसिसी क्लव रहेको भन्दै आफ्नो कार्यकालमा यसलाई थप बिस्तार गर्ने योजना बनाएको बताउनुभयो ।
त्यस अवसरमा मिस नेपाल श्रृक्षा प्रधान, प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्य, रोटरी क्लव अफ पाल्पा लुम्बिनीका चार्टड प्रेसिडेन्ट गोपाल पोख्रेल, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष अर्जुन खनाल, इन्ट¥याक्ट क्लव अफ पामिर एकेडेमीका अध्यक्ष आयुष्मा ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यको रुपमा न्यूरो सर्जन डा. पवन श्रेष्ठ, फर्मासिस्ट रुचिका पोख्रेल, व्यवसायीहरु डिआर पन्थी, प्रेमराज गैरे, महेन्द्र उपाध्याय, पत्रकार नवराज कुँवर, व्यवसायीहरु रमेश रौनियार र भिमलाल न्यौपानेको परिचय गराइएको थियो । नयाँ सदस्यहरुलाई एसाइन एजी सुरज क्षेत्रीले परिचय गराउनु भएको थियो भने डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले क्लवको पिन प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

उद्योगी व्यवसायी जोखिम र संकटकोे स्थितिमा छन् : अध्यक्ष शर्मा

Next Post ≫

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’ हरेक बुधबार ५० प्रतिशत छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क