Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम

संसारपोस्ट संवाददाता · २६ असार २०८० · 0
शँकरनगर सामुदायिक वनमा पशुपालक किसानलाई पशुपालन तालिम
70
SHARES
ShareTweet

तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा १—४ रुपन्देहीले सेवा क्षेत्रका पशुपालन ब्यवसाय गर्दै आएका किसान उपभोक्ताहरुका लागि पशुपालन सम्वन्धि तालिम सञ्चालन गरेको छ ।
पशुपालन ब्यवसाय गर्दै आईरहेका किसान उपभोक्ताहरुलाई ब्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने, उत्पादन लागत कम गर्दै बढि मुनाफा कसरी आर्जन गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वन समूहका अध्यक्ष रबिन्द्र बस्नेतले बताए ।
मंगलवार र बुधबार दुई दिनसम्म सञ्चालन हुने तालिमको शुभरम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले वनलाई आयआर्जन संग जोडेर युवा र महिलाहरुलाई रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । पशुपालन ब्यवसायसंग वनको आवश्यक्ता र महत्व जोडिएको र वनको सेवाक्षेत्रका धेरैजसो उपभोक्ताहरु पशुपालन र कृषि पेशामा जोडिएका हुनाले पशुपालनमा लागेका किसानहरुका लागि तालिम उपलब्धीमुलक हुने उनले वताए ।
“वन समूहका कारण हरियाली पवद्र्धन, वातावरणीय स्वच्छता, जंगल र जमिनको संरक्षण भएको छ, उनले भने—वन जंगलले पशुपालन र कृषिलाई समेत टेवा पुर्याएको छ, अव वनलाई पर्यटन संग जोडेर अगाडी बढ्नु पर्छ ।”  नगर भित्रका किसानहरुलाई पशुपालन र कृषिमा आत्निर्भर बनाउन दुधमा प्रति लिटर रु. १ र सामूहिक कृषि खेती गर्ने किसानका लागि तिलोत्तमा नगरपालिकाले ५० प्रतिसत अनुदान दिने ब्यवस्था गरेको नगर प्रमुख खाँणले वताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख(डिएफओ) प्रभाथ सापकोटाले पशुपालन संग कृषि र वन संग पशुपालन जोडिएकाले वनलाई वनकै रुपमा राखेर वनको खाली ठाउंमा डाले घांस र भुई घासको खेती गर्न सकेमा यसले पशुपालनलाई टेवा पुर्याउनुका साथै रोजगारीको समेत सिर्जना हुने वताए ।
उनले नेपालमा मासु, अण्डा र दूधको खपत जुनअनुपातमा बढेको छ सो अनुपातमा उत्पादन हुन नसकेको परिवेशमा सामुदायिक वनले दिने यस्ता तालिमले पशुपालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने ज्ञान र सिपको विकास हुनुका साथै उत्पादन वढाउन समेत टेवा पुग्ने बताए ।
सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला ज्ञवाली, कोषाध्यक्ष भुवन आचार्यलगायतले बोल्दै वन समूहले सेवा क्षेत्रका कृषि तथा पशुपालन ब्यवसायमा लागेका किसान उपभोक्ताहरुको सिप र दक्षता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।
३५ जना पशुपालन ब्यवसाय गर्ने किसान उपभोक्ताहरु  सहभागि दुई दिने तालिममा पशु विज्ञ डा. लक्ष्मण घिमिरे र देबिप्रसाद घिमिरेले पशुपालनमा उत्पादन लागत घटाउने, मुनाफा बढि गर्ने, पशुमा लाग्ने सामान्य रोग ब्याधीको उपचार  गर्ने र रोग लाग्न नदिन अपनाउनु पर्ने विधिका विषमा सहजकरण गरेका छन् ।

≪ Previous Post

पश्चिम नवलपरासिमा जग्गा बिवादमा देवरले गरे भाउजुको हत्या

Next Post ≫

ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्छ : नेपाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क