बर्दघाट । पश्चिम नवलपरासिमा आफ्नै देवरले भाउजुको हत्या गरेका छन ।
रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा देवरले भाउजुको हत्या गरेको प्रहरिले जनाएको छ ।
भाउजुको हत्यामा सँलग्न रामग्रामका चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
प्रहरिका अनुसार रामग्राम नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २६ कि मिरा चौधरीलाई आफ्नै देवर नाता पर्ने चन्दन चौधरीले मोटरसाइकलको सकर रडले टाउकोमा हानेर भाउजु मिराको हत्या गरेका हुन् ।
टाउकोमा गहिरो चोट लागेकी चौधरीलाई तत्काल पृथ्वीचन्द्र अस्पताल पुर्याइएको र थप उपचारको लागि मेडिकल कलेज भैरहवा पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका थिए ।