जिल्लामा मोटरसाईकल चोरीका घटना बढेको गुनासो नागरिकहरुबाट आउन थालेपपछि प्रहरीले विशेष अपरेसन संचालन गरी एक महिनामा चोरी भएका १४ थान मोटरसाइकलसहित १३ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्तसहित बरामद गरिएका मोटरसाईकलहरु सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा अत्यधिक मोटरसाईकल चोरीका घटना भएको जानकारी गराउदै एक महिना अघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको बताउनु भयो ।
उहाका अनुसार ‘पक्राउ पर्नेमध्ये ६ जना एउटै गिरोहका छन् भने अन्य २/३ जनाको समूहमा काम गर्ने रहेका छन । उनीहरुले सवारी साधनको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाडेर गरेको प्रहरी नायव उपरीक्षक थापाले बताउनु भयो ।
अझै पनि चोरीको धेरै सवारी साधन नभेटिएको भन्दै उहाले अनुसन्धान जारी हुदा ठुलै समूह बाँकी रहेको बताउनु भयो । रुपन्देहिमा चोरी भएका सवारी साधनहरु गुल्मी, स्याङ्जा, बागलुङ, काठमाडौसम्म पुगेको हुदा सहकार्य गरी फिर्ता ल्याउन सफल भएको जानाकारी गराउदै उहाले पक्राउ परेका ब्यक्ति उपर सवारी साधन चोरी कसुरमा मुद्दा दर्ता भएर आवश्यक कानुनी प्रक्रिया अघि बढेको बताउनु भयो ।
प्रहरिले चोरी कार्यमा सङ्लङ्न बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका ४३ वर्षीय सुनिल कुमार चौधरी, २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ का २६ वर्षीय सरोज थापा, २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा–६ का २४ वर्षीय दिपेश थापा, २५ वर्षीय हितेश राना, बाग्लुङ वरेङ गापा वडा नं. ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री, तिलोत्तमा नगरपालिका वडा नं. ४ का १८ वर्षीय आकाश नेपालीलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । चोरी भएका साधनमा बढी बजाज पल्सरसहित सुपर स्पेलेन्डर र यमाहा कम्पनिका मोटरसाइकल रहेका प्रहरीको भनाइ छ ।
