Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु

संसारपोस्ट संवाददाता · २५ असार २०८० · 0
चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु
70
SHARES
ShareTweet

बुटवल । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुभयो । धर्मशास्त्रका विज्ञ बीच यस वर्षको अधिकमासको साउनमा परेको सोमवार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमवार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्व अध्यक्ष समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।
यसपटक साउन महिनामा जम्मा ८ सोमबार व्रत बस्ने भएको छ । यो साउन महिना ३१ अगस्टसम्म रहनेछ । यो वर्ष साउनमा अधिक (मलमास) परेको छ । गुरुपूर्णिमाको एक महिनामा आउने जनैपूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ । सोमबारको व्रत पनि लम्बिने देखिन्छ । शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ ।
साउन १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । चन्द्रमानलाई आधार मानेर व्रत बस्नेले आजदेखि (असार २५) देखि भदौ ११ गतेसम्म आठ वटा सोमबारको ब्रत बस्नुपर्ने भएको छ । यसपटक साउन महिना ५८ दिनसम्म रहनेछ । यस्तो अवस्थामा ८ साउन सोमबार र ४ प्रदोष व्रत गरी साउन शिवरात्रि पर्व मनाइँदैछ । साउनको अन्तिम सोमबार व्रत र प्रदोषको दुर्लभ संयोग पनि हुनेछ ।
साउनमा शिवको पूजा गर्नु धेरै शुभ मानिन्छ किनभने भोलेनाथ साउनमा छिट्टै प्रसन्न हुन्छन् भन्ने मान्यता छ । त्यसैले यो महिना शिवको ब्रत तथा पूजा गर्नाले सबै प्रकारका मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

≪ Previous Post

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन : अध्यक्षमा अजितराज भण्डारी

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क