बुटवल । लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्मत रुपमा भएको अधिबेशनले अजितराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको प्रदेश उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी र अजय कुमार शर्मा तथा सदस्यहरुमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश मणि त्रिपाठी, शिव श्रेष्ठ, भेषराज पौडेल, संजय कार्की, शुसिल कुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीता गोतामे निर्वाचित भएको संघले जनाएको छ ।
अधिबेशनको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फूटवल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर
केसी (कुमार) ले लुम्बिनी प्रदेश फूटवल संघमा सर्वसम्बत रुपमा नयाँ नेतृत्व चयन हुनुले यस क्षेत्रमा फूटवलको विकासका लागि थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुदको लागि केन्द्रीय सरकारले वजेटको व्यवस्था गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उपाध्यक्ष केसीले स्थानीय तहहरुसंग मिलेर खेलकुदका प्रतियोगिता संचालन गर्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेशसमा मुख्य मन्त्रीसंग जोडिएर मुख्यमन्त्री कप फूटवल प्रतियोगिता संचालन गर्न पहल गर्नुपर्ने भन्दै उहांले प्रदेशमा समिति चयन भएसंगै यसका लागि वाटो सहज भएको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल फूटवल संघ एन्फाका केन्द्रीय सदस्य भोजराज जोसीले प्रदेशमा नयाँ नेतृत्व चयन भएसंगै फूटवलमा देखिएको समस्या समाधान हुने धारणा राख्नुभयो ।