भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृयासिल सदस्यता नविकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखि अनलाईन मार्फत कृयासिल सदस्यता नविकरण गर्ने निर्णय गरेको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो ।
अनलाईन सदस्यता नविकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राबिधिक टिमको समेत ब्यबस्था मिलाईएको उहाले जानकारी दिनुभयो ।
त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फतनै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत पार्टिको साधारण सदस्यता बिश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यबस्था समेत मिलाईएको छ । अनलाईन मार्फत साधारण सदस्यता लिएको एक बर्षपछि कृयासिल सदस्य बन्न पाउने ब्यवस्था गरिएको छ ।
यस्तै बैठकले आगामी साउन ६ गते ४२ औं बि पी स्मृति दिवसको अवसर पारेर बृक्षारोपण गर्ने निर्णय गरेको छ । महामानव बि पीको स्मृतिमा रुपन्देहीको तिलोत्तमा बडा नं ११ स्थित भूपू सैनिक सखौरा हरियाली बन क्षेत्रमा बिहान ८ बजेदेखि बृक्षारोपण गरिने कार्यक्रम तय गरिएको सचिव परमानन्द भट्टराइले जानाकारी गराउनु भयो ।
बि पीको स्मृतिमा कांग्रेस रुपन्देहीले प्रत्येक बर्ष बृक्षारोपण गर्दै आएको छ ।
त्यस्तै पार्टि बिधान अनुसार जारी वडा, नगर, पालिका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय समेत बैठकले गरेको सचिव हरि काफ्लेले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त कांग्रेस रुपन्देहीकी उपसभापति अनिता शाह ढुङ्गानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।