Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत गर्ने

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0
कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत  गर्ने
90
SHARES
ShareTweet

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृयासिल  सदस्यता नविकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखि अनलाईन मार्फत कृयासिल सदस्यता नविकरण गर्ने निर्णय गरेको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो ।

अनलाईन सदस्यता नविकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राबिधिक  टिमको समेत ब्यबस्था मिलाईएको उहाले जानकारी दिनुभयो ।
त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फतनै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत पार्टिको साधारण सदस्यता बिश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यबस्था समेत मिलाईएको छ ।  अनलाईन मार्फत साधारण सदस्यता लिएको एक बर्षपछि कृयासिल सदस्य बन्न पाउने ब्यवस्था गरिएको छ ।
यस्तै बैठकले आगामी  साउन ६ गते  ४२ औं बि पी स्मृति दिवसको अवसर पारेर बृक्षारोपण गर्ने निर्णय गरेको छ ।  महामानव बि पीको स्मृतिमा रुपन्देहीको तिलोत्तमा  बडा नं ११ स्थित  भूपू  सैनिक  सखौरा हरियाली बन क्षेत्रमा बिहान ८ बजेदेखि बृक्षारोपण गरिने कार्यक्रम तय गरिएको सचिव परमानन्द भट्टराइले जानाकारी गराउनु भयो ।

बि पीको स्मृतिमा कांग्रेस रुपन्देहीले प्रत्येक बर्ष बृक्षारोपण गर्दै आएको छ ।
त्यस्तै पार्टि बिधान अनुसार जारी वडा, नगर, पालिका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय समेत बैठकले गरेको  सचिव हरि काफ्लेले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त  कांग्रेस रुपन्देहीकी उपसभापति अनिता शाह ढुङ्गानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।

≪ Previous Post

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

Next Post ≫

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन : अध्यक्षमा अजितराज भण्डारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क