Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0
बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा
90
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका–९, कालिकापथमा यस क्षेत्रकै ठूलो लगानीमा प्लान बी क्लब सञ्चालनमा आएको छ । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।
काठमाण्डौ र पोखरापछि ठूलो लगानी दाबी गरिएको नाइट क्लब प्लान बि डिस्को प्रा.लि. रात्रीकालिन बजारलाई लक्षित गरी सञ्चालन हुने छ । नाइट क्लब प्लान बि डिस्को प्रा.लि.ले आज (शनिबार)देखि आफ्नो सेवा शुभारम्भ गर्न लागेको छ ।
प्लान बि डिस्को प्रा.लि.ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रात्रीकालिन गित संगित र नृत्यबाट मनोरन्जन दिने उद्देश्यका साथ क्लबको शनिबारदेखि सफ्ट ओपनिङ गर्न लागिएको क्लवका संचालक सुरेश श्रेष्ठले जानकारी गराउनु भयो । उहांका अनुसार उद्घाटनमा सबिन एण्ड फाराडोको प्रस्तुति रहने छ ।
लगानी, पुर्वाधारका हिसाबले काठमाण्डौ र पोखरापछि बुटवलमा प्लान बि एक भएको संचालक श्रेष्ठले वताउनुभयो । उहांका अनुसार करिब ५।५ कठ्ठा क्षेत्रफलमा पुर्वाधार तयार भएको रेष्टुरेन्ट र डिस्को युवाहरुको मनोरञ्जनको लागि उत्कृष्ट गन्तव्य बन्ने छ ।
लाईट सिस्टम, साउण्ड सिस्टम र खाजा हाईजेनिक रहेको छ । क्लबको १ हजार ५ सय जना अटाउने र रेष्टुरेन्टको ३ सय ५० अट्न सक्ने क्षमता रहेको छ । साँझ ६ बजेदेखि राती १० बजेसम्मको समय फेमिली टाइमको अफर हुने क्लवले जनाएको छ ।
प्लान बि मा किचन, बार, सुरक्षा, सरसफाईका गरि ८० जना भन्दा बढि युवाहरुले रोजगारी पाउने क्लबका प्रबन्ध निर्देशक कमल रानाले बताउनुभयो । क्लबका संयोजक सन्तोष सुवेदीले बुटवलमा क्लब कल्चरको विकासमा यसले महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । आकर्षक डिजाईनमा तयार भएको क्लबबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहांले बताउनु भयो ।
क्लवमा आउने ग्राहकहरुले १० बाई २० को एलईडी स्क्रिन, उच्चस्तरको साउण्ड क्वालिटीको सेवा लिनेछन् । यसैगरी क्लवमा वर्थडे तथा एनिभर्सरीका लागि सेपरेट क्याबिन, फुल सिसिटिभि क्यामराका साथै हाई सेक्युरिटी सुबिधा रहेको छ ।
पत्रकार सम्मेलनमा क्लबका संचालक जीवकान्त काफ्लेले भारतीय पर्यटकलाई बुटवलमा भुलाउन सकिने थलोको अभावको बेला यो उपयुक्त हुने दाबी गर्नुभयो । उहांले क्लवको संरचना निर्माणमा पाँच जना युवाहरुको करिब १२ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको बताउनु भयो ।
क्लवले रात्रीकालिन समयमा ग्राहकहरुलाई मनोरञ्जन दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट राती १ बजेसम्म सेवा सञ्चालनको स्वीकृति लिएको छ ।

≪ Previous Post

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

Next Post ≫

कांग्रेस रुपन्देहीले कृयासिल सदस्यता नविकरण अनलाईन मार्फत गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क