Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

संसारपोस्ट संवाददाता · २३ असार २०८० · 0
पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण
70
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनले आफ्ना सदस्य व्यवसायीहरुलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण गरेको छ । एशोसियशनले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजनागरी लेखा सम्बन्धि सफ्टवेयर एवं वित्तिय साक्षरताको लागि अभिमुखिकरण गरेको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा एशोसियशनका पूर्व सल्लाहकार गुणनिधी भण्डारीले प्रशिक्षणले सदस्य व्यवसायीहरुलाई धेरै कुरा सिक्ने अवसर प्राप्त भएको भनाई राख्नुभयो । उहाँले लेखा विधि नजानेका कारण भईरहेका आर्थिक लसलाई सुधार गर्न सहयोग पुग्ने बताउँदै सदस्यहरुको जिम्मेवारी वोध गर्नेगरी संघले नै अडिटरको व्यवस्था गर्न सुझाव दिनुभयो ।

हिसाव किताव सहि ढंगले राख्न नजानेकै कारण कतिवेला थुनिनु पर्ने हो भन्ने चिन्ता व्यवसायीमा रहेको बताउँदै अध्यक्ष भण्डारीले बैंकको चर्को व्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको र व्यवसायीलाई साथिको रुपमा लिएर व्यबहार गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै एशोसियशनका अध्यक्ष हिमाल गैरेले व्यवसायिहरुको हितको लागि व्यवसायी तथा प्रतिष्ठानमा कामगर्ने कर्मचारीलाई सक्षम बनाउनको लागि कार्यक्रम गरिएको बताउनु भयो । व्यवसायीले हिसाब किताव राख्न नजानेका कारण व्यवसायमा धेरै समस्या आउने गरेको र व्यवासायीहरुले राखेको लेखाको सफ्टवेयर पनि सञ्चालन गर्ने कुरामा कतिपय व्यवसायीलाई समस्या भएका कारण यी सबै कुरा समेट्नेगरी कार्यक्रम गरिएको उहाँले जानकारी गराउनु भयो । एशोसियशनले बार्षिक कार्ययोजना बनायर ब्यवसायिको हकहित र ब्यवसायिक क्षेत्रमा देखियका समस्स्या समाधान गर्ने गरि काम गर्दै आइरहेको उहाले बताउनु भयो ।

एक दिनको प्रशिक्षण कार्यक्रममा एकाउण्ट सफ्टवेर स्वस्तिकका पिताम्बर ज्ञवाली, बि.जि.का सुदिप खरेल र माछापुच्छ्रे बैकका  मनबहादुर गुरुङले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रम एशोसियशनका द्वित्तिय  उपाध्यक्ष गोपालप्रसाद बस्यालको स्वागत तथा महासचिव हरिराम कसौधनको सञ्चालनमा भएको थियो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनमा ३ सय व्यवसायी आवद्द  छन् ।

 

 

≪ Previous Post

भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना

Next Post ≫

बुटवलमा यस क्षैत्रकै ठूलो लगानीमा ‘प्लान बी क्लब’ सञ्चालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क