Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना

संसारपोस्ट संवाददाता · २२ असार २०८० · 0
भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना
60
SHARES
ShareTweet

भैरहवा । जिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको, खुद्रा विक्रीको अनुमती लिएर थोक विक्रेताका रुपमा कारोबार गरेको, नापतौल अनुमती नलिएको, लेबल नभएका खाद्यवस्तु विक्री गरेको पाइएपछि ६ वटा पसललाई कारबाहीस्वरुप जरिवना गरिएको अनुगमन समितिका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

अनुगमन समितिले शुक्रबार रुपन्देहीका सिद्धार्थनगर वडा नम्बर ६ र ४ का किराना, होलसेल तथा आलुप्याजका थोक तथा खुद्रा विक्रेता र चामल मिलमा अनुगमन गरेको थियो । उपभोक्ता हित संरक्षणविपरित कारोबार गरेको पाइएपछि कानूनी दायरामा ल्याइएको समितिले जनाएको छ । यस्तै, अनुगमन समितिले केही पसलबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न सामाग्री जफत समेत गरेको छ ।

अनुगमन समितिले सिद्धार्थनगर–६, गल्लमण्डीको साहु जनरल स्टोर्सलाई ५० हजार जरिवाना तिराएको छ । उक्त स्टोर्सले खुद्रा वित्रेताको अनुमति लिएर थोकमा विक्री गरिरहेको, अवैध बाटोबाट भित्रिएका सामाग्री विक्री गरेको, साइनबोर्ड तथा मूल्यसूचि नराखेकाले जरिवाना गरिएको अर्यालले बताउनुभयो। थोक विक्रेताले नगरपालिकाभित्र कम्तिमा ६० लाख पुँजीमा मात्रै कारोबार गर्न पाउँछन् । ‘अनुमति थोरै कारोबार गर्ने भनेर लिने तर कारोबार धेरै गर्ने गरेको पाइयो, अब हामीले यी विषयलाई बढी प्राथमिकता दिएर अनुगमनलाई अझै प्रभावकारी बनाउँछौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो।

यस्तै, जरिवनामा पर्नेमा सिद्धार्थनगर–६ कै शिवान्स जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस–विनी स्टोर्स र देविका किराना स्टोर्स छन् । समितिले शिवान्सलाई १५ हजार र अन्यलाई जनही १० हजारका दरले जरिवाना गरेको छ । यी पसहरुबाट चिनी, किसमिस, चुक लगायतका खाद्यान्न बरामद समेत गरिएको छ ।

सिद्धार्थनगर–६ को महाकालेश्वर इन्टरनेशनल तथा सिद्धार्थनगर–४ को शिवकुमार टेड्रिङ र शिवशक्ति राइस मिललाई भने पहिलोपटकलाई सचेत गराइएको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, लुम्बिनि प्रदेशका निर्देशक दामोदर भण्डारीले बताउनुभयो । ‘कुनै पनि बहानामा उपभोक्ता ठगिन हुन्न, कानूनअनुसार कारोबार गर्ने व्यवसायी मर्कामा परेर अवैध कारोबार गर्नेले प्रसय पाउनुहुन्न भन्नेमा हामी सचेत छौं’, भण्डारीले भन्नुभयो- ‘त्यसैले हामीले अनुगमनलाई विगतदेखि नै तिव्रता दिँदै आएका छौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले कोरोना महामारीले थलिएका व्यवसायी माथि उठ्दै गरिरहेको अवस्था प्रशासन सधै व्यवसायीको हकहितमा काम गर्ने तर अवैध कारोवारलाई रोक्न भने लागि पर्ने जनाउनुभयो । ‘प्रशासन सधै व्यवसायीको पक्षमा छ, सही र बैध कारोबार गर्नेलाई संरक्षण गर्छ, पिरमर्कामा हातेमालो गरेर समस्या समाधानमा लाग्छ,’, उहाले भन्नुभयो- ‘गलत गर्नेलाई कानूनी दायरामा ल्याउने र उपभोक्ताको हितलाई संरक्षण गर्ने कार्यमा भने कटिबद्ध भएर लाग्छ ।’

उहाले  आफूहरु रुपन्देहीमा आएको करिब ८ महिनामा बजार अनुगमनलाई विशेष प्राथमिकता दिएको जनाउनुभयो । ‘मेरो नेतृत्वमा अहिलेसम्म करिब १५ पटक बजार अनुगमन भएको छ, अनुगमनका क्रममा कतिलाई कारबाही गरिएको छ भने, कयौंलाई सचेत गराइएको छ’, उहाले भन्नुभयो- ‘कुनै पनि बहानामा कालोबजारी मौलाउनुहुन्न भन्नेमा हामी सचेत छौं र सोही अनुसार अनुगमन र नियमन गरिरहेका छौं ।’ अर्यालले प्रशासनको अलवा बाणिज्य कार्यालय र घरेलु कार्यालयले पनि दैनिक अनुगमन गरी अवैध सामान जफत गर्ने र गलत गर्नेलाई कानूनी दायरामा ल्याइरहेको जनाउनुभयो । उहाले जिल्ला अनुगमन समितिले अनुगमनलाई तिव्रता दिएकाले कसैले पनि अवैध कारोबार नगर्न–नगराउन तथा कानूसम्बत कारोबार गर्न अपिल गर्नु भयो  ।

 

 

≪ Previous Post

एसइईको नतिजा सार्वजनिक

Next Post ≫

पेट्रोलियम व्यवसायीलाई लेखा तथा सफ्टवेयर सम्बन्धि प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क