Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुन बरामद प्रकरण : बुटवलका बालाजी र लक्ष्मिपती सुन चाँदी पसल ‘सिल’
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुन बरामद प्रकरण : बुटवलका बालाजी र लक्ष्मिपती सुन चाँदी पसल ‘सिल’

संसारपोस्ट संवाददाता · १८ असार २०८० · 0
सुन बरामद प्रकरण : बुटवलका बालाजी र लक्ष्मिपती सुन चाँदी पसल ‘सिल’
120
SHARES
ShareTweet

बुटवल । बुटवलका २ वटा सुन चाँदी पसल सिल गरिएको छ । रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको करिव दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको समेत संलग्नता देखिएपछि दुबै पसलमा सिल गरिएको हो ।
यही असार १० गते लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै नेपालबाट भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको करिव दुई किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । कालीदह नाका हुँदै भारततर्फ जान लागेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मको टोलीले चेकजाँच गर्दा सो सुन बरामद गरिएको थियो ।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
अहिले बालाजी र लक्ष्मीपती सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताउनुभयो ।
सुन सहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

≪ Previous Post

देशमा मनसुनी वायुको प्रभाव : लुम्बिनीसहित ५ प्रदेशमा वर्षाको सम्भावना

Next Post ≫

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क