Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीका विभिन्न स्थानमा बम बिस्फोट गराउने तीन जना सार्वजनिक
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका विभिन्न स्थानमा बम बिस्फोट गराउने तीन जना सार्वजनिक

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0
रुपन्देहीका विभिन्न स्थानमा बम बिस्फोट गराउने तीन जना सार्वजनिक
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीका विभिन्न स्थानमा भएका विस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना अभियुक्तलाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेका छन् ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी रुपन्देही अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक भरत बहादुर विकले जानकारी दिनुभयो ।

उनीहरुबाट लु८५प ६१२१ र लु२०प २५७२ नम्बरको पल्सर मोटसाइकल १÷१ थान, पोको, रियलमी, रेडमी, ट्याम्बो र नोकिया मोबाइल १र१ थान बरामद गरिएको उहांले बताउनु भयो ।

गत वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका ४ स्थित गाउँपालिकाका प्रमुख थानेश्वर घिमिरेको घर पछाडि राखिएको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो । गत असार १ गते नै सिद्धार्थनगर नगरपालिका ४ स्थित भैरहवाप्रसाद कलवारको दाना कारखाना गोदामको कम्पाउन्ड पर्खाल बाहिर प्रेसर कुकर बम विष्फोटन भएको थियो ।

त्यस्तै असार १ गते नै रुपन्देहीको मायादेवी गाउँपालिका ८ स्थित सिटि हस्पिटल पछाडी खाली खेतमा प्रेसर कुकर बम विष्फोट भएको थियो । यी तीनवटै घटनामा उक्त समूहको संलग्नता रहेको दाबी गर्दै सियारी गाउँपालिका अध्यक्ष घिमिरे र व्यवसायी कलवारलाई मधेश पिपुल्स पार्टीको नामबाट फोनमार्फत फिरौती रकम माग गरी धम्की दिएको एसपी विकले बताउनुभयो ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशीले अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न र तस्करी नियन्त्रणमा प्रहरीले धेरै सफलता प्राप्त गरेको दाबी गर्नुभयो ।

≪ Previous Post

आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा

Next Post ≫

आज असार १५, दही–चिउरा खाने दिन, २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क