Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसलाई बलियो बनाउन तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेता सच्चिन जरुरी छ : लुम्बिनी प्रदेश सभापति पुन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसलाई बलियो बनाउन तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेता सच्चिन जरुरी छ : लुम्बिनी प्रदेश सभापति पुन

संसारपोस्ट संवाददाता · १२ असार २०८० · 0
काँग्रेसलाई बलियो बनाउन तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेता सच्चिन जरुरी छ : लुम्बिनी प्रदेश सभापति पुन
170
SHARES
ShareTweet

यमलाल भुसाल
बुटवल । नेपाली काँग्रेसका कार्यकर्ताहरुले पार्टी भित्रको गुट उपगुटलाई अन्तगरी पार्टीको विधान अनुसार पार्टीलाई अगाडी बढाउन सुझाव दिएका छन् । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ प्रदेश सभा २ क को प्रदेश सम्मेलनमा वोल्दै उनीहरुले विधानअनुसार पार्टीलाई चलायमान बनाउन र पार्टीका भातृ संगठनहरुको भूमिकालाई प्रभावकारी बनाउन समेत माग गरेका छन् ।
कार्यकर्ताको जिज्ञासामा पार्टीका नेताहरुले नेतृत्वतहदेखि कार्यकर्ताहरुले आफुले गरेका र आफुबाट हुने कमजोरीहरु सच्चाउन र सच्चिन आवश्यक रहेको औल्याएका थिए ।
उनीहरुले नेताहरुले कार्यकर्ताको मनोभावना बुझ्न नसकेको, गुटगत राजनितीमा लिप्तभएको गुनासो गरेका छन् ।
कार्यकर्ताहरुको जिज्ञासा सुनेपछि बुटवल नगरपालिकाका मेयर तथा नगर सभापति खेलराज पाण्डेयले राम्रा काम भएको वारेमा नदेख्ने अनि विरोधकालागि विरोध गर्ने, सामाजिक संजालमा नेता तथा पार्टीका वारेमा अनरगल रुपमा पोष्ट गर्ने कार्य बन्द गर्न आग्रह गर्नुभयो । मेयर पाण्डेले एक वर्षको दौरानमा नै महत्व पूर्ण काम गरेको बताउंदै ५ वर्षको दरमियानमा नगरवासिले देख्ने र अनुभूत गर्ने गरी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले जनप्रतिनिधिहरुले गरेका राम्रा कामको प्रचार प्रसार गर्न कांग्रेस कार्यकताहरुले कन्जुसायी गर्न नहुने भन्दै खुलेर प्रचार गर्न आह्वान गर्नुभयो । उहाँले पार्टी भित्र रहेका कमजोरी हरेक तह र तप्कामा रहने हरुले सच्चाउन र सच्चिन जरुरी रहेको भन्दै पार्टीलाई बलियो वनाउने तर्फ एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो । पार्टीका नेता तथा कार्यकर्ताहरुले गुट उपगुटको राजनिती गर्न नहुने भन्दै काँग्रेस वलियो हुदा कार्यकर्ता लाइनै फाईदा हुने तर्क गर्नु भयो । तिलोत्तमामा आफू नगर प्रमुख भएर आएको एक वर्षमा गरेका राम्रा कामको खुलेर प्रसंसा गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी नरहे हामी कसरी रहन्छौ त्यसैले पार्टी बचाउनका लागि तल देखि माथीसम्मका नेता तथा कार्यकताहरु सच्चिन जरुरी रहेको औल्याउनु भयो । सभापति पुनले नेपाली कांग्रेसले नै मुलुकमा राणा फाल्ने देखि आर्थिक उदारीकणको नीति अवलमवन गर्दै रोजगारी श्रृजना, औद्योगिकरण र संघिय गणतन्त्रमा समावेसिता, सहभागिता र सहअस्तित्व स्थापित गराएका कुरालाई विर्सन नहुने जिकिर गर्नु भयोे । चोकचोकमा काँग्रेसलाई गाली गर्ने भन्दा पनि काँग्रेसको नेतृत्वमा रहेका स्थानियतहमा गर्न पर्ने कामका वारेमा सहकार्य गर्न आह्वान गर्नु भयो ।
रुपन्देही क्षेत्र नम्बर प्रदेश सभा २ क का सभापति खड्क बहादुर महतको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेसका कोषाध्यक्ष प्रकाश राना, पूर्व राज्यमन्त्री रिना नेपाल, प्रदेश सदस्य दीर्घ बहादुर केसी(कुमार) रामबहादुर कार्की, सावित्रा टण्डन, क्षेत्रीय कार्यवाहक सभापति पर्सुराम ढकाल, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे, ट्रेड युनियन काँग्रेस लुम्विनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, महिला नेत्री रिता सेन, प्रदेश क का उपसभापति गणेश पाठक, सचिव बालकृष्ण अर्याल, बुटवल १० का वडा सभापति किसनबहादुर थापा, तिलोत्तमा ५ का वडाध्यक्ष रमेश डुम्रेलगायतले वोल्दै नेपाली काँग्रेसले नै देश र देशवासीको रक्षा, संबिधानको पालना गर्ने भएकाले पार्टीको विरोधमा भन्दा पनि पार्टीले गरेका कामको वारेमा चर्चा र प्रसंसा गर्न आह्वान गर्नु भयो ।
प्रदेश सभा २ क ले पार्टी विधानमा भएको ब्यवस्था अनुसार प्रदेश मातहतका वडा समिति तथा वडामा रहेका पार्टीका विभिन्न निकायमा नेतृत्वदायी भूमिकामा रहेका नेताहरुलाई सहभागि गराएर प्रदेश सम्मेलन गरेको हो ।

≪ Previous Post

पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

Next Post ≫

आमाको हत्या गरी फरार रहेका छोरा रुपन्देहीको गैंडहवाबाट पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क