बुटवल । आफ्नै आमाको हत्या गरी फरार रहेका छोरालाई रुपन्देही प्रहरीले जिल्लाको गंैडहवा गाउँपालिकाबाट पक्राउ गरेको छ ।
पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुसहरलाई रुपन्देहीको गैंडहवा गाउँपालिका–८ मैनहवाबाट प्रहरीले पक्राउ गरेको हो ।
शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा लुकिछिपि बसेको अवस्थामा निजलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।