Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

संसारपोस्ट संवाददाता · १२ असार २०८० · 0
पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान
90
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा । नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धन गरी श्रीलंकन नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागि हुन श्रीलंका प्रस्थान गरेको छ । मंगलबार मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटन व्यवसायी र सरकारी उच्च अधिकारीसहितको टोली श्रीलंका प्रस्थान गरेको हो । यही असार १२ देखि १७ सम्म संघको आयोजनामा श्रीलंकामा हुने उक्त कार्यक्रममा नेपाल टुरिजम बोर्ड पबद्र्धककारुपमा छ ।

पर्यटन प्रबद्र्धनका लागि श्रीलंकाको क्यान्डी र कोलम्बोमा कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा सहभागि हुन नेपाली टोली श्रीलंका प्रस्थान गरेको आयोजक सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । श्रीलंकाका दुई सहरमा हुने कार्यक्रममा त्यहाँका ट्राभल एजेन्सीहरुसँग विजनेश टु विजनेश (विटुबी) हुनेछ । सुरुमा असार १३ गते क्यान्डीमा कार्यक्रम तथा बिटुबी हुनेछ । त्यसमा श्रीलंकाका ५० बढी ट्राभल एजेन्सी, टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

विटुबीमा दुबै देशका व्यवसायीले आआफ्नो मुलुकको पर्यटन क्षेत्रको गन्तव्यहरुको जानकारी गराउनेछन् । साथै नेपाली व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसार, टुर प्याकेज बनाउन आग्रह गर्नुका साथै टुर अपरेटर मार्फत् श्रीलंकाका नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नेछन् । त्यहाँ नेपाली प्रतिनिधि मण्डलले विशेष समारोहमा सम्बोधन गर्नेछन् भने भिडियोमार्फत् नेपालको पर्यटकीयस्थलको प्रचारप्रसार गरिनेछ ।

यस्तै, असार १६ गते कोलम्बोमा हुने कार्यक्रममा त्यस क्षेत्रका पर्यटन व्यवसायी, टूर अपरेटर, श्रीलंकाका पर्यटन मन्त्री, त्यहाँका सरकारी उच्च अधिकारी, श्रीलंकाका लागि नेपाली राजदुत, नेपाली पर्यटन व्यवसायीबीच अन्तरक्रिया, नेपालका पर्यटकीय क्षेत्रको प्रबद्र्धन लगायतका विषयमा छलफल कार्यक्रम तय गरिएको छ । त्यहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, सिद्धार्थ होटल संघका अध्यक्ष श्रेष्ठ, संघका उपाध्यक्ष किशोर जोशी, श्रीलंकाका पर्यटन मन्त्री, पर्यटन व्यवसायीले आआफ्नो देशको पर्यटकीय क्षेत्रको प्रबद्र्धनात्मक सम्बोधन गर्नेछन् । यहाँ श्रीलंकाका होटल तथा ट्राभल व्यवसायी, टुर अपरेटर, पर्यटन विज्ञसहित डेढ सय बढी सहभागि हुनेछन् ।

यहाँको विशेष कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, कुदान लगायत बुद्धिष्ट क्षेत्रसँग सम्बन्धित र मुलुकभरका पर्यटकीय स्थलका बारे तयार पारिएको भिडियो डकुमेन्ट्री देखाइने संघका अध्यक्ष श्रेष्ठले जनाउनुभयो । साथै उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय र लुम्बिनीस्थित श्रीलंकन बिहारका भन्ते भिक्षु नन्द श्रीले लुम्बिनी र नेपालको पर्यटकीयस्थलबारे दिएको भिडियो सन्देश देखाइने छ । यस्तै, श्रीलंकाका प्रधानमन्त्री दिनेश गुनावरदेना, पर्यटन मन्त्री, उच्च सरकारी अधिकारीलाई भेटेर सिद्धार्थ होटल संघको टोलीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, पर्यटनमन्त्रीलगायतलाई नेपाल भ्रमणको निमन्त्रणा दिनेछन् ।
साथै प्रधानमन्त्रीलाई बुद्धमूर्ति मायाको चिनोस्वरुप प्रदान गरिनेछ । यस्तै, श्रीलंकाका प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाबाट दैनिक उडान गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ ।

‘पर्यटनका लागि कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण मानिन्छ, यदि श्रीलंका–भैरहवा दैनिक उडान हुने हो भने लुम्बिनीमा मात्रै वार्षिक १० लाख श्रीलंकनहरु आउँछन्’, श्रेष्ठले भन्नुभयो–‘लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसारसँगै गौतमबुद्ध विमानस्थलमा नियमति उडानका लागि पहल गर्नु पनि यो सेल्स मिसनको उद्देश्य हो ।’ कार्यक्रमले मुलुकमा पर्यटक भित्र्याउन टेवा पुर्याउनुका साथै पर्यटकको बसाइँ अवधि लम्ब्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने संघको अपेक्षा छ ।

संघका उपाध्यक्ष किशोर जोशीले अन्तर्राष्ट्रिय जगतमा जति प्रचारप्रसार गर्न सकियो, त्यति नै लुम्बिनी लगायत मुलुकका गन्तव्यहरुमा पर्यटक भित्र्याउन सकिने जनाउनुभयो । ‘श्रीलंकामा हुन लागेको यो विुटबी नेपाली पर्यटन व्यवसायीले अहिलेसम्म गरेको सबैभन्दा महत्वपूर्ण र प्रबद्र्धनात्मक कार्यक्रम हो’, उहांले भन्नुभयो–‘सेल्स मिसन कार्यक्रमले नेपाललाई श्रीलंकनहरुमाझ उत्कृष्ट गन्तव्य नेपाल नै हो भन्ने सन्देश दिनेछ, श्रीलंकनहरुलाई नेपाल घुमौंघुमौं भन्ने भावना जागृत गर्नेछ । यसबाट पर्यटन व्यवसायीसँगै मुलुकले वर्षौंसम्म लाभ उठाउन सक्ने हाम्रो विश्वास छ ।’

कोरोना अघि नेपालमा वार्षिक एक लाख बढी श्रीलंकाका पर्यटक आउँथे । कारोनापछि त्यो संख्या घटेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा मात्रै कोरोना महामारी अघि वार्षिक ३० हजार श्रीलंकन पर्यटक आउँथे । ‘लुम्बिनीमा पनि कोरोनाका कारण श्रीलंकन पर्यटक घटेका छन् । कोरोना पछि वार्षिक १५–२० हजारको हाराहारी मात्रै आइरहेका छन्’, संघका कोषाध्यक्ष भोजबहादुर खत्रीले भन्नुभयो–‘सेल्स मिसन कार्यक्रमपछि त्यो संख्या तेब्बर हुने हाम्रो अपेक्षा छ । यसले नेपालको पर्यटन क्षेत्रलाई उचाईमा पुर्याउन कोशेढुंगाको काम गर्नेछ ।’

पर्यटन व्यवसायीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको, होटल र पूर्वाधार पर्याप्त रहेको, कनेक्टिभिटी बढेको, श्रीलंकाका पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको लगायतका विषयमा पनि जानकारी गराउने छन् । ‘त्रिभुवनसँगै भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएकाले कनेक्टिभिटी सहज भएको छ, यो बारे जानकारी दिनेछौं, बढी भन्दा बढी श्रीलंकाका नागरिकलाई नेपाल आउन, नेपालका सुन्दर गन्तव्यहरुमा घुम्न आह्वान गर्नेछौं’, सेल्स मिसन कार्यक्रमका संयोजकसमेत रहेका संघका उपाध्यक्ष जोशीले भन्नुभयो ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, संघका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष जोशी, कोषाध्यक्ष खत्रीसहित १८ जना सहभागी छन् । उनीहरुले श्रीलंकाका दुईस्थानमा हुने कार्यक्रममा नेपालका पर्यटकीय क्षेत्रको प्रबद्र्धन, प्रचारप्रसारका साथै श्रीलंकाका पर्यटकीयस्थलको भ्रमण गर्नेछन् ।
पर्यटन व्यवसायीको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय र होटल संघ नेपालका केन्द्रिय अध्यक्ष विनायक शाहले विमानस्थल पुगेर विदाई गर्नुभएको थियो । यस्तै नेपाल पर्यटन बोर्डले पनि कार्यालयमा एक कार्यक्रमबीच विदाई गरेको थियो ।

≪ Previous Post

गोबर्धन गाई फार्मको सार्वजनिक सुनुवाइ

Next Post ≫

काँग्रेसलाई बलियो बनाउन तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेता सच्चिन जरुरी छ : लुम्बिनी प्रदेश सभापति पुन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क