बुटवल । रुपन्देही प्रहरीले लागु औषध सहित एक युवालाई बुटवलबाट पक्राउ गरेको छ । बुटवल उपमहानगनगर–६, लुम्बिनी प्रादेशिक अस्पताल अगाडी एक युवालाई शँकाष्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा रामेछापका ३६ बर्षीय प्रविन थापालाई लागुऔषधसहित पक्राउ गरेको हो । छ । शनिबार दिउसो शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित युवालाई फेरा पारेको हो ।
प्रहरीले रामेछापको रामेछाप नगरपालिका–४ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–६ बस्ने थापालाई शनिवार दिउसो पक्राउ गरेको हो । पक्राउ परेका थापाको साथबाट लागुऔषध फेनरागन २ एमएलको ४८ एप्पुल (सिसि), नुफिन २ एमएलको ४८ एप्पुल (सिसि) र डाइजेपाम २ एमएलको ४८ एप्पुल (सिसि) बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । लागुऔषध ओसारपसारमा संलग्न थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।