Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलमा पाठेघर, स्तन क्यान्सर र आङ खस्ने रोगको निशुल्क स्वास्थ्य शिविर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा पाठेघर, स्तन क्यान्सर र आङ खस्ने रोगको निशुल्क स्वास्थ्य शिविर

संसारपोस्ट संवाददाता · ४ असार २०८० · 0
बुटवलमा पाठेघर, स्तन क्यान्सर र आङ खस्ने रोगको निशुल्क स्वास्थ्य शिविर
110
SHARES
ShareTweet

बुटवल । बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो ।
शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको निःशुल्क पोषण अबस्था परिक्षण समेत शुरु भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरवासीको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने जानकारी गराउनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा स्वास्थ्य शिविर सञ्चालन गरिने उहांले बताउनुभयो ।
‘बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं–नगर प्रमुख पाण्डेले भन्नुभयोे–यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ ।’
आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी भईरहेको पनि उहांले बताउनुभयो । नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५–१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने जानकारी गराउनुभयो ।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याल, स्थानीय समाजसेवी आनन्दमान शाक्यलगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।
शिविरमा प्रसुति रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, डा. बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा.सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने समेत उहांले बताउनुभयो ।

≪ Previous Post

स्कारपियो गाडी दुर्घटनामा स्याङ्जा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु

Next Post ≫

लागु औषध सहित रामेछापका युवा बुटवलबाट पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क