Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0
स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह
90
SHARES
ShareTweet

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।
नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार सम्पन्न दोस्रो साधारण सभामा बोल्ने फार्मासिष्टहरुले जनस्वास्थ्यसंग जोडिएको औषधीको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनु पर्ने बताउँदै त्यसको लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताएका थिए । नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फार्मासिष्ट’ भन्ने विषयलाई मुल मुद्धा बनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले सुरुदेखि नै ‘जहाँ औषधी, त्यहाँ फार्मासिष्ट’ मुल मुद्धा उठाउँदै आएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले जनस्वास्थ्यसंग जोडिएको औषधिको विक्रि वितरणमा फार्मासिष्ट अनिवार्य हुनुपर्ने बताउँदै स्थानीय तहलाई दरवन्दी सिर्जना गर्न र निजी संस्थाले पनि फार्मासिष्ट राखेर काम गर्न आग्रह गर्नुभयो ।
सरकारी तथा निजी क्षेत्रले यो कदम लिँदा आम रुपमा पनि राम्रो सन्देश जाने र फार्मासिष्टको वेरोजगारी तथा अर्धवेरोजगारी समस्या पनि समाधान हुन सक्ने नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाई बताउनु हुन्छ । ‘जहाँ औषधी, त्यहाँ फर्मासिस्ट’ भन्ने मर्म अनुरूप हरेक स्थानीय तहको औषधी वितरण कक्षमा फार्मासिस्टहरूको दरबन्दी कायम नभएको, फर्मासिस्ट वेरोजगार बस्नु परेको, फार्मेसी काउन्सिलको लाईसेन्स दुरुपयोग, कार्यदक्षता अभिबृद्धिका लागि तालिमको अभाव लगायतका समस्या रहेको बताउँदै उहाँले यो समस्या समाधानका लागि सरकार पनि गम्भिर बन्नुपर्ने भनाई राख्नुभयो ।
‘जहाँ औषधी, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नारा सहित २०७२ सालमा नेपाल फार्मेसी संघ स्थापना भएको थियो भने २०७३ मा प्रदेश समिति र २०७८ सालमा रुपन्देही जिल्ला शाखा गठन गरिएको संघका रुपन्देही महासचिव उदय खत्रीले बताउनु भयो । यो संस्थाले स्थापनाकाल देखि नै फर्मासिष्ट तथा सहायक फर्मासिष्टहरूको व्यवसायिक तथा पेशागत हकहित र संरक्षणको लागि पहल र पैरवी गर्दै आएको उहाँले जानकारी गराउनु भयो ।
साधारण सभा तथा अधिवेशनमा नेपाल फार्मेसी संघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, सल्लाहकारहरु सभ्यता खनाल, भोजराज बस्याल, पाल्पा जिल्ला अध्यक्ष सुर्य बस्याल, कपिलबस्तु जिल्ला अध्यक्ष रमेश शर्मा, रुपन्देहीका सामुदायिक विभाग संयोजक गणेश भण्डारी, कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष चोकलाल सापकोटा, उपाध्यक्ष भरत गिरी लगायतले फार्मासिष्टहरुको पेशागत हकहितको लागि जुटेर लाग्नुपर्ने भनाई राख्नुभएको थियो ।
साधारण सभामा अध्यक्ष गणेश सेढाईले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, महासचिव उदय खत्रीले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुशिला वञ्जाडेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित भएको छ ।

प्रेस सल्लाहकार नेपाललाई सम्मान

नेपाल फार्मेसी संघ रुपन्देहीले संघका प्रेस सल्लाहकार कविन्द्र नेपाललाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित हुनु भएकोमा संघका सल्लाहकार नेपाललाई सम्मान गरिएको हो । संघको दोस्रो साधारण सभामा उहाँलाई संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका जिल्ला अध्यक्ष गणेश सेढाईले सम्मान पत्र प्रदान गर्नुभयो ।
त्यसै अवसरमा संघमा रिक्त सदस्य पदमा महेश पाण्डे, सुवास ज्ञवाली र गुञ्जन ढकाललाई मनोनित गरिएको छ । त्यसैगरी विभागीय संयोजकमा उद्योग फार्मासिष्ट विभागको संयोजकमा रविन भण्डारी, सामुदायिक फार्मेसी विभागको संयोजकमा गणेश भण्डारी तथा पालिका संयोजकहरु पनि मनोनित गरिएको छ । मनोनित गरिएका कार्यसमिति सदस्य, विभागीय संयोजक तथा पालिका संयोजकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

≪ Previous Post

बजेट निर्माणका लागि ओमसतियामा सुझाव संकलन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव

Next Post ≫

सरकारी छाप दस्तखत किर्ते मुद्धाका अभियुक्त ३३ बर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क