Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बजेट निर्माणका लागि ओमसतियामा सुझाव संकलन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बजेट निर्माणका लागि ओमसतियामा सुझाव संकलन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0
बजेट निर्माणका लागि ओमसतियामा सुझाव संकलन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव
130
SHARES
ShareTweet

भैरहवा । विकास निर्माणका काम दीर्घकालिन हुने गरी योजना बनाउन ओमसतिया वासीहरुले गाउँपालिकालाई सुझाव दिएका छन् ।
ओमसतियाको शान, सुन्दर शान्त समृद्ध गाउंपालिका हाम्रो अभियान, भन्ने नारा सहित सोमबार पालिका परिसरमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट निर्माण सम्बन्धी सरोकारवालाहरुसंग रायसुझाव संकलन तथा छलफल कार्यक्रममा आ–आफ्ना भनाई राख्दै पालिकाका वडावासीहरुले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
पालिकामा रहेको सार्वजनिक जमिनको संरक्षण गर्नुपर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनु पर्ने, पालिकाभित्र संचालनमा रहेका विभिन्न उद्योगहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव पेश गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिनुभयो ।
वजेट निर्माणको पुर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा विद्यालयको भौतिक पुर्वाधारसंगै अनलाईन शिक्षाका लागि स्मार्टकोट खरीद गरिदिनुपर्ने, सामान खरीदगर्दा प्रधानाध्यापकलाई सहभागी बनाउनु पर्ने, शिक्षकको पोशाकदेखि मोवाईलसम्मका सुविधा पालिकाले उपलब्ध गराउनु पर्ने शिक्षकहरुले माग गरेका छन् ।
यस्तै पालिकाले दिदै आएको उपचार खर्चको सट्टा गाउंमै २५ शैयाको अस्पताल निर्माण गरी सबै गाउंवासीहरुलाई स्वास्थ्य सेवाप्रदान गर्न पनि स्थानीयले सुझाव दिएका छन् । खुल्ला सिमानाका नजिक रहेको पालिकामा लागु औषध दुव्र्यसनीमा परेका युवायुवतीलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै सुधार केन्द्र स्थापनाका लागि वजेट विनियोजन गर्न उनीहरुको सुझाव छ । बजेटमा महिला, वालवालिका, अपांगताभएका समुह, युवा, जेष्ठ नागरिक सबैलाई समेट्ने गरी वजेट ल्याउन गाउंवासीहरुले सुझाव दिएका पालिकाका अध्यक्षमन्जितकुमार यादवले जानकारी दिनुभयो ।
जनताको भावना समेटेर आगामी बजेट बनाउने अध्यक्ष यादवले प्रतिवद्धता जनाउनुभयो । महिला तथा वालबालिकालाई समेट्ने गरेर बजेट ल्याईने पालिकाका उपाध्यक्ष सुनिता चौधरीले बताउनुभयो । कार्यक्रममा पालिकाका विभिन्न संघसंस्था, स्थानीय क्लब, समुहका प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता मदनप्रसाद पोखरेलले बताउनुभयो ।

≪ Previous Post

कालीगण्डकी नदीमा डुबेर दुई युवा बेपत्ता

Next Post ≫

स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क