नवलपरासी । कालीगण्डकी नदीमा डुबेर नवलपरासी र चितवनका दुई युवा बेपत्ता भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई युवा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी सन्तोष पाठकले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । बढ्दा गर्मीका कारण जनजीवन अस्तब्यस्त भैरहेका बेला उनीहरु गर्मी छल्न भन्दै कालीगण्डकी नदीमा नुहाउन गएका थिए । बेपत्ता भएका युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
