काठमाडौं । नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।
आजको बैठक सुरु हुने वित्तिकै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरु आआफ्नो स्थानबाट उठेर राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण खारेज हुनुपर्ने माग गर्दैै संसद बैठक अवरुद्ध गरेका हुन् ।
बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले एक घण्टाकालागि संसद बैठक स्थगित गर्नुभएको छ ।