Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0
अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द
80
SHARES
ShareTweet

बुटवल । तराई क्षेत्रमा केही दिन यता बढिरहेको तापक्रमले अत्याधिक गर्मी बढेपछि रुपन्देहीका तिलोत्तमा र सैनामैना नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने भएका छन् ।
तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी जेठ २२ गते सोमबारदेखि असार १७ गतेसम्म सबै विद्यालयको पठनपाठन बन्द हुने जनाएको छ ।

‘नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्याधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुदाँ वार्षिक विदावाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखि २०८०। ०३ । १७ गते सम्म नगर भित्रका सम्पुर्ण शैक्षिक संस्था ( सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएकोले सोही अनुसार गर्नुहुन जानकारी गराइन्छ ।’– तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै सैनामैना नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालय ३ दिन बन्द रहने जनाएको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरभित्रका सबै विद्यालय जेठ २२ गतेदेखि जेठ २४ गतेसम्म बन्द हुने जनाएको हो ।

‘विगत केही दिनदेखि अत्याधिक मात्रामा तापक्रम बृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले सैनामैना नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरु मिति २०८० जेठ २२ देखि २४ गते सम्म वर्षे विदाबाट कट्टा हुनेगरी गर्मी विदा गरिएको व्यहोरा अनुरोध छ ।’– नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

विद्यालय बन्दगर्न अभिभावक महासंघ लुम्बिनीको आग्रह

नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले पनि तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययन गर्न कठिनाई भएको हुदा केहि समय विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।
महासंघका अध्यक्ष हेम थापाले शनिवार जारी गरेको विज्ञप्तिमा केहि दिनयता तराईका जिल्लाहरुमा ४० डिगी भन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुदा उच्च तापक्रममा स–साना बालबालिकाहरुलाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कन समस्या भैरहेको, विद्यालय गएपनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भैरहेको भन्ने अभिभावकहरुको गुनासो आएको हुदा विद्यार्थीहरुको जीवनरक्षाकालागि विद्यालय बन्दगर्नु उपयुक्त देखिएकाले स्थानीय निकाय शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराईको थियो ।
विज्ञप्तिमा तराई क्षेत्रमा केहीदिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालनगर्न कठिनाइ उत्पन्नभएको र अत्याधिक गर्मीका कारण घाउखटिरा, झाडापाखाला जस्ता मौषमजन्य रोगहरु पनि देखिने जोखिम धेरै रहेको तर्फ सचेत गराईएको छ ।
बढ्दो गर्मीका कारण जिल्लाका केहि विद्यालयहरु बन्दगरिएको भएपनि धेरै विद्यालयहरु सञ्चालन गरेको तर्फ महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल केहि दिन पठनपाठन बन्दगर्न महासंघले अनुरोध गरेको थियो ।
रुपन्देही लगायतका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा उच्च गर्मीका कारण झाडा पखला, उच्च ज्वरोका बिरामीहरूको संख्या बढेको अस्पतालहरुले जनाएका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तराईमा लू चल्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

≪ Previous Post

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने

Next Post ≫

प्रतिपक्षी दलहरुको अवरोध पछि संसद वैठक १ घण्टा स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क