Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0
पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने
120
SHARES
ShareTweet

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पक्षबाट दुई जना पूर्वमहान्यायाधीवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्नेछन् ।

खाँणका पक्षमा पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने तयारी छ । यसैगरी उहांको पक्षबाट नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्कासहित दर्जन बढी अधिवक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् ।

पक्राउ परेका अधिकांशले दुईभन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिनसम्म लम्बिने देखिएको छ । बहसपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले दिनेछ ।

उता, सरकारका पक्षवाट भने सरकारी वकिल कार्यालयका अधिबक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई अभियुक्त बनाई जिल्ला अदालतमा संगठित अपराध, राष्ट्रहित विरुद्धको अपराध, सरकारी कागजात किर्ते र ठगी कसुरको अभियोग लगाई मुद्दा दायर गरेको थियो । यो प्रकरणमा १२ जना अझै फरार छन् ।

≪ Previous Post

भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने

Next Post ≫

अत्याधिक गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क