Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०८० · 0
भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने
140
SHARES
ShareTweet

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस आजदेखि सुरू हुने भएको छ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएसंगै आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेकाहरूको बयान जेठ १२ गतेबाट सुरू भएको थियो ।

थुनछेक बहस पछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरुलाई धरौटीमा छोड्ने कि पुर्पक्षकालागि थुनामै राख्ने आदेश हुनेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको हो । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यसअघि प्रहरीले पक्राउ परेका माथि दुई महिना लामो अनुसन्धार गरी तयार पारिएको प्रतिवेदन जेठ ८ गते सरकारी वकील कार्यालयलाई बुझाएको थियो । प्रहरीले गत चैत १२ देखि उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव, सांसद एवं पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा पक्राउ परेका छन् ।
सोही प्रकरणमा बालकृष्ण खाँणका स्वकीय नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलगायत १८ जना पक्राउ परेका छन् । यो मुद्दामा प्रतिवादी बनाइएका १२ जना अझैं फरार छन् ।

पक्राउ परेका १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जुन बयान शुक्रबार सकिएपछि आजवाट थुनछेक बहस सुरु हुन लागेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ र फरार रहेका १२ जना सहित ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्धा लगाउँदै २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

≪ Previous Post

लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी

Next Post ≫

पुर्व गृहमन्त्री खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका पुर्व अध्यक्षले बहस गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क