Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८० · 0
लुम्बिनी केबलकार चढ्नेको भीड,एकैदिन तीन हजार बढी
70
SHARES
ShareTweet

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् ।
शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।
जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले बताउनुभयो ।
लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएको र टप स्टेशन बसन्तपुर समुद्री सतहबाट ९४० मिटरको उचाइमा रहेकाले चर्को गर्मीमा पनि बसन्तपुरमा शितल हुने हुंदा प्रचण्ड गर्मी छल्न केबलकार चढ्नेको भीड लागेको साउदले बताउनुभयो ।
बसन्तपुरमा कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले मन्दिरको दर्शनका लागि पनि भक्तजनहरु आउने गरेको ब्यासाचार्य किशोर गौतमको भनाई छ । केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिने र गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ ।
सहकारीका सदस्यलाई निःशुल्क यात्रा
यसैबीच आइएमई ग्रुप अन्तर्गतको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रले आफ्ना सदस्यहरुलाई निःशुल्करुपमा केबुलकार यात्रा र कामाख्यादेवी मन्दिर दर्शन गराएको छ ।
सहकारीले शुक्रबार र शनिबार गरी तीन सय जना भन्दा बढी शेयर सदस्यहरुलाई केबलकार यात्रा गराएको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रका व्यवस्थापक विष्णु वस्तीले बताउनुभयो ।
सो अवसरमा आइएमई ग्रुपका निर्देशक रुद्र पौडेलले शेयर सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
कूल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ ।

≪ Previous Post

बुटवलमा बसले मोटरसाईललाई ठक्कर दिदा दुई जनाको मृत्यु

Next Post ≫

भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस, धरौटीमा छोड्ने कि थुनामा राख्ने निर्णय हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क