Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0
विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान
100
SHARES
ShareTweet

बुटवल । विश्व दुग्ध दिवसको अवसरमा बुटवलको आम्दा अस्पतालमा दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाको संयुक्त आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिको संयोजनमा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बिहिबार दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको हो ।

बिहान भएको कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई दुग्धपान गराईएको थियो भने संगसंगै रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. परवेज आलमले मानिसको स्वास्थ्यसंग जोडिएको दुधको उत्पादन र वितरणमा मात्रै नभएर उपभोगमा पनि मापदण्डको पालना गर्नुपर्ने भनाई राख्नु भयो । त्यस्तै बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष टंकप्रसाद गैरेले मावन स्वास्थ्यमा दुधको महत्व धेरै रहेको र स्वच्छ, स्वस्थ र गुणस्तरीय दुधको उपलब्धता तथा त्यसको लागि जनस्वास्थ्यमा गम्भिर भएर सरकारले नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

बुटवल उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख शिव रानाले दुधको स्वच्छता कायम राख्ने विषयमा नगरपालिकाले कानुन बनाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आम्दा अस्पताल बुटवलका कार्यवाहक मेडिकल सुपरिटेण्डेन्ट डा. सशिसेखर झाले गुणस्तरीय तथा स्वस्थ्यकर खानाले मानिसको स्वास्थ्यलाई पनि राम्रो बनाउने र पोषणयुक्त दुधको प्रयोगमा हेलचेक्रयाई गर्न नुहुने बताउनु भयो ।

उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठकले उपभोक्तामैत्री कानुन बनाउन र उपभोक्ताले गुणस्तरिय खाद्य पदार्थ पाउने अधिकार सुनिश्चत गराउन तीनै सहका सरकारसंग आग्रह गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यक्रम संयोजक डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले उत्पादित दुधको गुणस्तर कायम गर्ने विषयमा राज्यका निकायबाट चासो र चिन्ता नदेखिएको बताउँदै त्यसमा स्वयम् व्यवसायी पनि गम्भीर बन्न आग्रह गर्नुभएको थियो ।

≪ Previous Post

सिन्धुली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : व्यापार सहकार्यमा जोड

Next Post ≫

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क