Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिन्धुली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : व्यापार सहकार्यमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिन्धुली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : व्यापार सहकार्यमा जोड

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0
सिन्धुली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : व्यापार सहकार्यमा जोड
110
SHARES
ShareTweet

बुटवल । संस्थागत भ्रमणमा आएको उद्योग वाणिज्य संघ सिन्धुलीको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । बिहिबार भएको स्वागत कार्यक्रममा बुटवल र सिन्धुली बिच व्यापार सहकार्य र व्यवसायिक समस्या समाधानको लागि सामुहिक पहल गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा बोल्दै बुटवलका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले सिन्धुलीमा उत्पादन हुने जुनार तथा भुईकटहर (पाईनाएप्पल) बुटवलको बजारमा ल्याउन र बुटवल तथा आसपासको पर्यटनलाई सिन्धुलीसंग जोड्न सकियो भने त्यसले दुई जिल्ला बिचको व्यवसायिक सहकार्य थप उचाईमा पुग्ने बताउनु भयो । त्यस्तै उहाँले व्यवसायीका समान प्रकृतिका समस्या समाधानको लागि सामुहिक पहलको लागि प्रस्ताव गर्दै त्यसमा बुटवल उद्योग वाणिज्य संघ तयार रहेको भनाई राख्नुभयो ।

त्यस्तै सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले सिन्धुलीमा मुख्यतया जुनार र भुईकटहर उत्पादन हुने जानकारी गराउँदै त्यसको व्यापार बुटवलमा पनि गर्न ईच्छुक रहेको भनाई राख्नुभयो । उहाँले दुई संघ बिचको सहकार्यले दुबै स्थानका उद्योगी व्यवसायीले फाईदा लिन सक्ने बताउँदै समस्या समाधानका लागि पनि सामुहिक प्रयासमा जोड दिनुभयो । त्यस्तै बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघको समग्र विषयबस्तुको बारेमा प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा सिन्धुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमरेशचन्द्र वैदारले उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्न र व्यवसायिक समस्या समाधानको लागि आफू महासंघमा गएको बताउँदै जिल्ला नगर उद्योग वाणिज्य संघका सुझाव अनुसार आफू अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सिन्धुली र बुटवलका व्यवसायीका पछिल्लो समस्या एउटै भएको बताउँदै बैंक व्याजलाई एकल विन्दुमा ल्याउन र आर्थिक चलायमान बनाउनको लागि आफूले पहल गरिरहेको भनाई राख्नुभयो ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर

Next Post ≫

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क