Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८० · 0
एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण
70
SHARES
ShareTweet

बुटवल, १३ जेठ । रुपन्देहीका संस्थागत विद्यालयमा स्कुले गाडि हाक्ने चालक तथा सहचालकलाई बुटवलमा ट्राफिक नियम तथा कार्य दक्षतावृद्धिबारे प्रशिक्षण दिइएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका डेढ सय स्कुले गाडिका चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको हो । आधुनिक ट्रफिक नियमबारे जानकारी, सवारी दुर्घटना कम गर्न तथा चालक तथा सहचालकको असल ब्यवहार अभिवृद्धि गर्नका लागि प्रशिक्षण दिइएको एन प्याब्सनका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारी, सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डे, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रह्मकुमार  पुरुषोत्तम पनेरु, नेको इन्स्योरेन्सका सिनियर अफिसर गोपिलाल पौडेल, यातायात भलाई कोष बुटवलका कार्यालय प्रमुख थानेश्वर बस्याल लगायतले यान्त्रीक सुरक्षा, ट्राफिक नियम, सडकको अवस्था, विद्यार्थी चालक सहचालकबीचको असल ब्यवहार, आचरण लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

एन प्याब्सनका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ, जिल्ला सल्लाहकार प्रकाश भट्टराई, पुर्व अध्यक्ष देउप्रकाश राई, उपाध्यक्ष बिलप्रसाद गुरुङ, कोषाध्यक्ष अमरनाथ पाठक, सहसचिव विनोद थापा मगर लगायतले सानासाना गल्तीका कारण ठुला दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको पालनासँगै ब्यवहार र आचरणलाई अभिवृद्धिगर्दै असल चालक सहचालकका रुपमा स्थापित गर्न प्रशिक्षणले ठुलो भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा एन प्याब्सन अन्तरगतका विद्यालयमा स्कुले बस, भ्यान, जीप चलाउने चालक र सहचालकलाई प्रशिक्षण दिइएको थियो ।

 

≪ Previous Post

नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन

Next Post ≫

पश्चिमाञ्चल ट्रक समितिको स्थापना दिवस : मानव सेवा आश्रममा खाना खुवाइयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क