Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०८० · 0
नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन
110
SHARES
ShareTweet

बुटवल । नेपाल प्रेस युनियनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीकाे आयाेजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएको हो ।  कार्यक्रममा १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता सहित ५१ जनाले रक्तदान गरेकाे युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयाे ।

रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवकाे जीवन रक्षासंग जाेडिएकाे रक्तदान कार्यक्रम राखेर प्रेस युनियनले राम्राे कामकाे सञ्चार गरेकाे बताउनु भयाे । उहाँँले लाेकतन्त्रकाे स्थापनामा पत्रकारहरुकाे ठूलाे भूमिका रहेकाे बताउँदै यसकाे रक्षा तथा संस्थागत विकासमा पनि याेगदान गर्न आग्रह गर्नु भयाे ।
त्यस अवसरमा युनियनका अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुकाे पक्षमा भूमिका खेल्न र साेही अनुसारकाे कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारकाे ध्यानाकर्षण गराउनु भयाे ।
रगतकाे अभावमा कसैले पनि ज्यान गुमाउनु नपराेस् भन्ने उदेश्यले रगतकाे उपलब्धता र रक्तदान संस्कारकाे विकासकाे लागि रक्तदान कार्यक्रम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताउनु भयाे ।
प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लाेकतन्त्रवादी पत्रकारहरुकाे सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनकाे स्थापना गरिएकाे थियाे । हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् । त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेकाे युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयाे । युनियनकाे स्थापना दिवस हिजाे, आज र भाेली केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैं छ ।

≪ Previous Post

बुटवलमा  मेघ गर्जन र हावाहुरी सहितको वर्षा

Next Post ≫

एन प्याब्सनद्वारा स्कुले चालक तथा सहचालकलाई प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क