रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८, दुलीमा आज बिहान जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । रुकुम प्रहरिका अनुसार बिहान ८ बजेतिर यात्रुवाक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिका -५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने एक सुत्केरी महिला र बच्चाको पहिचान नखुलेको रुकुम प्रहरिले जनाएको छ ।
१४ जना सवार जिप दुर्घटनामा परि घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका- ३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिप भिरबाट करिब ३ सय मिटर तल खसेको छ ।