Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरि मदिराको कारोबार गर्ने दुई जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरि मदिराको कारोबार गर्ने दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०८० · 0
नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरि मदिराको कारोबार गर्ने दुई जना पक्राउ
110
SHARES
ShareTweet

बुटवल । नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरी मदिराको अवैध कारोबार गरेको आरोपमा रुपन्देहीमा दुई युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षीय मुख्तार पठान र सोही ठाउँ बस्ने २८ वर्षीय नविन पन्थी रहेका छन् ।

प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको भोड्का १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्याक चिम्नी ब्राण्डको १ बोतल नक्कली मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको छ ।

सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री वितरण गर्ने गरेका थिए ।

बजारमा नक्कली मदिरा बिक्री भएको गुनासो बढेपछि मदिरा ब्यवसायी संघले यस विषयमा चासो राखेको थियो । ‘बुझ्दै जादा नक्कली मदिरा बिक्री बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो,’ मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने, ‘लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनीहरुद्वारा बिक्री गरिएको मदिरा फेला परेपछि प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।’

सिग्नेचर, ओल्ड दरवार, एटएटफोरएट ब्राण्डका मदिराहरु बजारमा अभाव भईरहेको समयमा विभिन्न होटलहरुमा सोही मदिरा सस्तो मुल्यमा विक्री भइरहेको भन्ने सूचना पाएपछि स्थानीय मदिरा व्यवसायी यसको निगरानी र अनुगमनमा लागेका थिए । सोही क्रममा करिव ३३ हजार रुपैंयाँ बराबरको अवैध मदिरा, नक्कली स्टिकर र सक्कली मदिराका खाली बोटल बरामद गरी ब्यवसायीले प्रहरीलाई बुझाएका हुन् ।

यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्टिलरीका क्षेत्रिय बिक्री प्रवन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्राण्डेड रक्सीमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ ।

पक्राउ परेका दुवै आरोपीलाई बरामद सामान सहित थप कारबाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरीक्षक किशोर केसीले बताए ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकाद्वारा १ वर्षका उपलब्धि सार्वजनिक (सूचीसहित)

Next Post ≫

पाँच महिनादेखि तलब नपाएको भन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क