बुटवल । बुटवल उपमहानगरपालिकाले १ वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको २०७९ जेठ ९ गतेदेखि २०८० जेठ ९ सम्म १ वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेको हो ।
बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपलब्धि तथा प्रयासहरु सार्वजनिक गर्दै नगर प्रमुख खेलराज पाण्डेयले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयहरु, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।
४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गर्दै प्रमुख पाण्डेले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने बताउनुभयो ।
जनताको सेवकका ?पमा भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले सधैभर बुटवल र बुटवलबासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उद्देश्यका साथ चरणबद्ध रुपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो । कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासहरुमा बुटवल १३ र १७ मा १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो । आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताउनुभयो । बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भईरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो ।
यस्तै बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो । यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफुहरुले समय खर्चेको बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाहरु अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा राजनीतिक दल, संघसंस्था, बुटवल क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरु लगायतले बोल्दै बुटवललाई समृद्ध बनाउनका लागि आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।
१ वर्षमा गरिएका उपलब्धि तथा प्रयासहरु :
१.बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा निर्माणाधीन १५–१५ बेडका अक्सिजन सहितका दुई अस्पताल चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउनेछ । अस्पताल सञ्चालनपछि पश्चिम बुटवलबासी र आसपासका क्षेत्रका बासिन्दाले घरदैलोमै सहज र सुलभ उपचार सेवा पाउने छन् ।
२. आधुनिक पशु बधशाला निर्माण सम्पन्न भएको छ । आधुनिक पशु बधशाला सञ्चालनका लागि यसअघि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएकाले पुनः टेण्डर आह्वान गरी छिटै सञ्चालन गर्ने गरी तयारी भएको छ । बधशाला सञ्चालनपछि बुटवलमा स्वच्छ र स्वस्थकर मासु उपलब्ध गराउनुका साथै देशका मुख्य शहरहरुमा समेत बिक्रीका लागि पठाउने योजना रहेको छ ।
३. बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ । अनुमति पश्चात् ठेलाबाटै दैनिक जीवन निर्वाह गर्ने र स्वरोजगार हुने व्यक्तिहरुलेन्यूनतम स्वास्थ्य र खाद्यान्नका मापदण्ड पूरा गरी ठेला सञ्चालन गर्न पाउनेछन् ।
४. बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको छ । कृषि बजार केन्द्र सञ्चालनमा आएपछि स्थानीयले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुनेछ र रोजगारी सिर्जनामा पनि बल पुग्ने छ ।
५. बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गामा हरियाली बसपार्क निर्माणका प्रक्रिया अगाडि बढाइएको छ । स्तरीय बसपार्क निर्माण भएपछि हालको बसपार्क नगरस्तरीय बसपार्क हुनेछ भने बसपार्कभित्र बन्ने बहुतले पार्किङ भवनले बुटवलको पार्किङको समस्या समाधान हुनेछ । बहुतले पार्किङ भवनका लागि नगर विकास कोषसँग सम्झौता भई अध्ययन भईरहेको छ ।
६. नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ ।
७. मोतीपूर औद्यौगिक क्षेत्रको जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच भईसकेको छ ।
८. बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा नियमन तथा व्यवस्थापन गरिएको छ ।
९. लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
१०.सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई हाटबजारभित्र व्यवस्थापन गरिएको छ ।
११.बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने कार्य भएको छ । ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गरिदै छ ।
१२. तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको छ ।
१३. सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको छ ।
१४. आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन, बुटवल १५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक पूर्वाधार र अनुमति प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको छ ।
१५. बुटवल ७ शिवनगर वनको क्षेत्रमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी व्यवस्थापन गर्ने पक्षसँग सहमति भएको छ ।
१६. बुटवलको कालिकापथ, ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
१७. चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका१ सय ९० जना बिरामीहरुलाई मासिक रु. ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रतिबिरामी रु. १७ हजारबिरामीकै बैंकखातामा उपलब्ध गराइएको छ भने आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको छ ।
१८. पन्ध्रदेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरबासीलाई निजी अस्पतालमा समेत उपचार गर्दा रगतवापत् कुनैपनि शुल्क नलिने व्यवस्था मिलाइएको छ ।
१९. रोजगारदाता र रोजगार व्यक्तिबीच समन्वयको काम गर्ने र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम शाखा स्थापना गरी सहज रुपमा रोजगार प्राप्तिको लागि समन्वय गरिएको छ ।
२०. गाईभैसी, बाख्रा, बंगुर, कुखुरापालन तालिम, पशुआहारा, घाँसको बीऊबिजन, महामारी रोग, पीपीआर, भ्यागुते, चर्चरे र खोरेतलगायतमा २५ हजार ३ सय ४८ ले सेवा तथा लाभ लिएका छन् भने २५ जना व्यवसायिक कृषकलाई अनुदान दिइएको छ । २ सय ५९ वटा जनावरको पशुबीमाका लागि सिफारिश गरिएको छ । सामुदायिक भुस्याहा कुकुरहरुको संख्या नियन्त्रण गर्न ८२ वटा कुकुरहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ ।
२१. राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ ।
२२. उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती हाइमास्ट लाईट जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको छ । नगरका मुख्य चोकहरुमा उपमहानगरपालिकाको १ करोड र नेपाल विद्युत प्राधिकरण समेतको लागत साझेदारी सहित रु.१ करोड ६० लाख बरावरका १६ वटा हाइमास्ट लाइट जडान गर्ने तयारी भईरहेको छ ।बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
२३. पूर्वपश्चिम राजमार्गस्थित तिनाउ पुललाई विस्थापित गरी पर्यटकीय पार्कसहितको सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकसँग छलफल र वार्ता गरि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
२४. बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने कार्य अघि बढेको छ र नेपाल खानेपानी संस्थान बुटवलले यसैवर्ष टेण्डर गर्ने गरी लिखित प्रतिबद्धता प्राप्त भइ प्रक्रिया अगाडि बढेको छ । झुम्सा खानेपानी आयोजना यसै वर्ष सम्पन्न गराउने प्रयास जारी भईरहेको छ ।
२५. बुटवल–११ मा वीपी–पुष्पलाल–सूर्यप्रसाद प्रधान पार्क निर्माणको लागि डीपीआर तयार भई वाउण्ड्रीवाल निर्माणका लागि ठेक्का भैसकेको छ । वडा नंं ११, बुद्धनगर पुलदेखि झोलुंगे पुलसम्म वैकल्पिक सडकको नाली फुटपाथ सहित पक्की सडक निर्माण कार्यका लागि ठेक्का भई निर्माणको अन्तिम चरणमा पुगेको छ ।वडा नं.१२ ट्रान्सपोर्ट भिलेज पहुँच मार्गहरुमा नाली सहित पिच निर्माण कार्यको ठेक्का भई निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।नगरभित्रकोथप ७ किलोमिटर सडक मर्मत गरिएको छ भने ४ किलोमिटर सडक मर्मत गर्ने प्रक्रियामा रहेको छ ।
२६. हालसम्म विपद् तथा साना पूर्वाधार बाहेकका ६ सय ७६ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयन भईरहेको छ । हाल सम्म ४ सय ३५ योजनाहरु सम्पन्न भई जाँचपास फरफारक भएका छन् ।
२७. संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि नगरका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति र क्षमतावृद्धिका लागि १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको छ ।
२८. विद्यालय तथा क्याम्पसमा शैक्षिक तथा भौतिक पूर्वाधार निर्माण, मर्मत तथा सम्भार कार्यका लागि सहकार्य गरिएको छ । बिटिआई, बुटवल बहुमुखी क्याम्पस, नवरत्न मावि, नरैनापुर आधारभूत विद्यालय, तल्लो सिद्धबाबा गुरुकुल, जामिया गुलसन मदरसा, उजिरसिंह मावि, अटोभिलेज बुटवल, सिद्धार्थ गौतमवुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पसलगायतको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गरिएको छ ।
२९. विपन्न परिवारका विद्यार्थीहरुका लागि पोशाक खरिद गर्न, खेलकुद सामग्री खरिद गर्न, विद्यालय भवन रंगरोगन गर्नका लागि विद्यालयहरुलाई आवश्यक रकम उपलब्ध गराइएको छ ।
३०. कोभिड १९ विरुद्ध खोप लगाएका नागरिकहरुलाई वैदेशिक प्रयोजनका लागि आवश्यक पर्ने क्युआर कोड उपलब्ध गराउने काम सहज र सरल बनाइएको छ ।
३१. कृषि उत्पादनमा आधारित तरकारी, मसला, फलफुलबालीमा प्रोत्साहन अनुदान कार्यक्रमअन्तरगत ४० जना, मागमा आधारित प्रोत्साहन कार्यक्रमअन्तरगत ४७ जना, कौशी तथा करेशाबारी खेती प्रोत्साहनअन्तरगत १ हजार ९८ जना, ३ सय ४० जनालाई धान गहुँको बीउ वितरण गरिएको छ । मोतीपूर क्षेत्रमा मकैबाली पकेटक्षेत्र स्थापना गरी ३२ जना किसानलाई मकै उत्पादनमा सहभागी गराईएको छ ।
३२. घटना दर्ता शिविर, घरदैलोमै पुगेर ८ सय १७ जनालाई अपाङ्गता परिचय पत्र वितरण, ह्वीलचेयर वितरण, सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउन बैंक अनुगमनजस्ता कार्यलाई प्रभावकारी बनाइएको छ ।
३३. बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
३४. चालू आर्थिक वर्षका लागि सम्पत्ति र घरबहाल, इरिक्सा, हाटबजार बैठकी, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ । साथै, राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ ।
३५. ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा लाग्ने घटाइएको कर छुट कार्यान्वयन गरिएको छ ।
३६. बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत् रु. २ हजार रुपैयाँ दिने प्रक्रिया अगाडि बढाइएको छ ।
३७. प्रशासनिक खर्च कटौती गर्दै प्रमुख, उपप्रमुखको सचिवालयको खर्च कटौती गरी मितव्ययिता अपनाइएको छ ।
३८. विभिन्न प्रकृतिका ७५ वटा खाद्यान्न बिक्री पसल, ३० वटा दुग्धजन्य व्यवसाय, ११ वटा मासु बिक्री पसल, २६ वटा मिष्ठान भण्डार, २४ वटा होटल तथा स्पा सेन्टर, ६ वटा फलफूल तथा तरकारी थोक बिक्री पसल, १२ स्थानमा अनुदानको मल बिक्री वितरण, ८२ वटा सहकारी अनुगमन, हाटबजारहरुको अनुगमन, नदीजन्य पर्दाथको चोरी निकासी नियन्त्रणका लागि अनुगमनगर्दै कानुन विपरीतका कार्य गर्नेलाई कारबाही र जरिवाना गरिएको छ ।
३९. मेयर युवा इलम रउपप्रमुख उद्यम विकास कार्यक्रमअन्तरगत जुत्ता बनाउने तालिम, विद्यार्थीहरुलाई सहकारी तालिम, फाईबर झोला बनाउने तालिम, बुटिक तालिम, सिलाई कटाइ तालिम, टपरी बनाउने तालिम, थाकलका सामग्री बनाउने तालिम, आलु चिप्स बनाउने तालिम, हलुका सवारी चालक र अटोमेकानिक्स तालिम दिदै आत्मनिर्भर र स्वरोजगार बन्नका लागि प्रोत्साहन गरिएको छ । जसका लागि ८१ जना भन्दा बढीलाई आवश्यक सिलाई मेसिन, आरन र अन्य उपकरणहरु उपलब्ध गराइएको छ ।
४०. न्यायिक समितिमा ७२ वटा उजुरी दर्ता भएकोमा५८ वटा इजलास र ६२ वटा मेलमिलाप छलफल सत्र सञ्चालन गरी ४७ वटा उजुरी फछ्र्योट गरिएको छ ।
४१. नयाँ बसपार्कमा फ्री वाईफाईको व्यवस्था, निशुल्क शौचालयको व्यवस्था गरिएको छ भने छिटै नै व्यवस्थित विश्रामस्थल, स्नानगृह र सुविधासम्पन्न क्यान्टिन सञ्चालनका लागि ठेक्का सम्झौता भएको छ ।
४२. बुटवल क्षेत्रभित्रका भूमिहिन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गरी भूमि आयोगमा पठाइएको छ भने लालपूर्जाविहिन जग्गा यकिन गर्नका लागि डीजीपीएस सर्भेको काम सञ्चालन गरिएको छ ।
४३. वडा नम्बर १३ जबईमा उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्ने र रंगशाला निर्माण गर्ने काम अगाडि बढाइएको छ ।
४४. बुटवलका मुख्य चोक, चौराहा, सडकपेटी र सार्वजनिक स्थलहरुमा अव्यवस्थित रुपमा व्यवसाय गर्ने, सडक क्षेत्रमा मदिरा बिक्री गर्ने, अव्यवस्थित पार्किङ गर्ने, नदीजन्य पदार्थको चोरीनिकासी गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही र जरिवाना गराउन तथा असहाय, अलपत्र परेका बेसहाराहरुलाई उद्धार तथा उपचारका लागि अस्पताल पु¥याउनका लागि नगर प्रहरीलाई २४सै घण्टा सक्रिय बनाइएको छ ।
४५. यसक्षेत्रका लायन्स, जेसिज, रोटरीजस्ता क्लब, सामाजिक तथा स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा मधुमेह, उच्च रक्तचाप, मोतियाविन्दुको शल्यक्रिया तथा उपचार सेवालाई घरदैलोमा पु¥याउने कार्य गरिएको छ । जसबाट २२ हजारभन्दा बढीले सेवा लिएका छन् ।
४६. वडास्तरबाट नालीनिर्माण, सडक निर्माण, सडक मर्मत, पर्खाल निर्माण, नाली सरसफाई, खोला सरसफाई, वडाको सौन्दर्यीकरण, फुटपाथ व्यवस्थापन र वडाभित्र नियमित रुपमा अनुगमन गर्ने कार्य वडाअध्यक्षको नेतृत्वमासञ्चालन गरिएको छ ।
४७. स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रहरुलाई समेट्दै विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
४८. रुपन्देही फुटबल संघ, लनटेनिस संघ, क्रिकेट क्लब, लाफा समूहलगायतका खेल क्षेत्रका संस्थाहरुसँगको सहकार्यमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, मेयरकप लन टेनिस, मेयरकप क्रिकेट, मेयरकप तेक्वान्दो प्रतियोगिता, उजिरसिंह रनिङ शिल्ड क्रिकेट प्रतियोगिता, जि.पी कोइराला महिला भलिबल प्रतियोगिता, थकाली तथा छन्त्याल तारा खेल प्रतियोगिता, उपमेयर फुटसल प्रतियोगिता, उपमेयर भलिबल, उपमेयर क्रिकेट, मनमोहन स्मृति फुटबल प्रतियोगिता, कराते प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, सयपत्री गोल्ड कप प्रतियोगितालगायतका खेल प्रतियोगिता आयोजना गरी खेलाडी उत्पादन तथा प्रोत्साहन गरिएको छ । नेपाली क्रिकेटमा योगदान पु¥याउने राष्ट्रिय खेलाडी तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने बुटवलका खेलाडीहरुलाई सम्मान गरिएको छ । खुला व्यायामशाला निर्माण, व्याडमिन्टन कभर्ड हल निर्माण, खेलमैदानहरुको स्तरोन्नति गरिएको छ । मभखमबजब.वउन
४९. नगरसभाबाट पशु बधशाला सञ्चालनऐन २०७९, बुटवल उपमहानगरपालिकाको जलश्रोत नीति २०७९, कार्यपालिका बैठकबाट एचआइभी एड्ससम्बन्धि कार्यक्रम व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९,गृहणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९, गौशाला व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९, जलश्रोत उपयोग सम्बन्धि कार्यविधि २०७९, ठेला व्यवसायलाई व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७९ पारित गरिएको छ । यस्तै नगरप्रमुख स्वास्थ्य शिशु कार्यक्रम निर्देशिका २०७९, श्रम बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ जारी गरिएको छ ।