Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाँच महिनादेखि तलब नपाएको भन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच महिनादेखि तलब नपाएको भन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०८० · 0
पाँच महिनादेखि तलब नपाएको भन्दै तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलनमा
80
SHARES
ShareTweet

दरबन्दिभन्दा बढी कर्मचारी भएका कारण तलव दिन समस्या : नगरपालिका

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।

पाँच महिनासम्म तलब नपाउंदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासंग आग्रह गरेका छन् । तिलोत्तमामा ४५ जना स्थायी दरबन्दी भए पनि समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दी बाहेकका कर्मचारी स्वास्थ्य क्षेत्रमा कार्यरत छन् ।

तलव नपाएको भन्दै आन्दोलन गरिरहेका स्वास्थ्य कर्मचारीहरूले बुधबार नगरपालिका कार्यालयमै पत्रकार सम्मेलन गरी तलब नियमित पाउने सुनिश्चितता गर्न माग गरेका छन् । जेठ १ गते सबै स्वास्थ्यकर्मीहरुको तर्फबाट ज्ञापनपत्र बुझाई सबै स्थायी कर्मचारीहरुलाई ७ दिन भित्र हालसम्मको तलब पाउने ब्यवस्था गर्न र आगामी दिनमा तलब नियमित पाउने गरि सुनिश्चितता गर्न भनी अनुरोध गरे पनि सुनुवाई नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले तलब प्राप्तिका लागि नगर प्रमुख रामकृष्ण खांण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई भेटेर पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

नगरपालिकाको नेतृत्वले १७ वटै वडाबाट स्वास्थ्य सेवा दिएका छौं भनेर प्रचार गर्ने तर ती स्वास्थ्य संस्थाका कर्मचारीको रोदन र पीडामा बेवास्ता गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको बेइज्जत गरेको पौडेलले आरोप छ ।

तलब नपाएको विरोधमा जेठ ८ देखि हातमा कालोपट्टी बांधेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने दरबन्दी भन्दा बढी ३३ जना कर्मचारी कार्यरत हुंदा तलब दिन नसकिएको बताए ।

स्वास्थ्यकर्मीहरुको पाँच महिनाको करिब ४ करोड तलब दिन बांकी रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब नपठाउँदा समस्या भएको उनको भनाई छ ।

यो समस्या तिलोत्तमामा उजागर भएपनि यो समस्या तिलोत्तमाको मात्र नभएर देशभरका पालिकाका स्वास्थ्यकर्मीको समस्या हो’–अर्यालले भने–‘नगरपालिकाबाट तलब भुक्तानीका लागि पहल नभएको होइन तर संघीय सरकारले नीतिगत निर्णय नगरेसम्म पालिकास्तरबाट तलब दिन सकिने अवस्था छैन, देशभरका स्वास्थ्यकर्मीलाई २ अर्ब वजेट चाहिन्छ ।’

स्वास्थ्यकर्मीहरु भने आफूहरू स्थानीय तहमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताउँछन् ।

संघर्ष समितिले समग्र बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा बिनियोजन गरि स्वास्थ्य क्षेत्रलाई सवल बनाउन, जनसंख्या र वडाको आधारमा दरबन्दी पुनःसंरचना गरि आधारभुत स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पु¥याउने ब्यवस्था मिलाउन, तिलोत्तमा नगरपालिका अन्तर्गतका निर्माणाधिन आनन्दवन आधारभुत अस्पताल र बी पी ग्राम आधारभुत अस्पताल यथाशिघ्र निर्माण सम्पन्न गरी नगर अस्पताल संचालन गर्न र कोभिड–१९ बिमाको रकम तत्काल भुक्तानी गर्न माग गरेको छ ।

छिमेकी बुटवल उपमहानगरपालिका, देवदहलगायतका अन्य पालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीलाई तलब दिइरहेको भन्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले तिलोत्तमामा नेतृत्व तहले कर्मचारीको समस्या समाधानमा गैरजिम्मेवार रवैया देखाएको गुनासो गरे ।

≪ Previous Post

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरि मदिराको कारोबार गर्ने दुई जना पक्राउ

Next Post ≫

आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क