Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताका शपथ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताका शपथ

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०८० · 0
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताका शपथ
90
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरु नेपाली कांग्रेसका प्रदेश उपसभापति समेत रहेका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विना विभागीय मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मेवारी पाएका थिए ।

लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

मन्त्री छनोटमा नेपाली कांग्रेस र माओवादीवीच आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछि चयन गर्ने बताइएको छ । माओवादीबाट कृष्णा के सी नमुना र दीपेन्द्र पुनको नाम चर्चामा छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

≪ Previous Post

बुटवल ८ मा वडा सदस्यहरुलाई छुट्टा छुट्टै टोल र बिषयगत जिम्मेवारी बांडफांड

Next Post ≫

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता प्राध्यापक डा. थापाले लिए सपथ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क