Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल ८ मा वडा सदस्यहरुलाई छुट्टा छुट्टै टोल र बिषयगत जिम्मेवारी बांडफांड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल ८ मा वडा सदस्यहरुलाई छुट्टा छुट्टै टोल र बिषयगत जिम्मेवारी बांडफांड

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०८० · 0
बुटवल ८ मा वडा सदस्यहरुलाई छुट्टा छुट्टै टोल र बिषयगत जिम्मेवारी बांडफांड
120
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा सदस्यहरुको जिम्मेवारी बांडफांड गरेको छ ।
वडा कार्यालयद्वारा सोमबार आयोजित बार्षिक प्रगति विवरण तथा समिक्षा कार्यक्रममा वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले वडा सदस्यहरुलाई छुट्टा छुट्टै टोल र बिषय हेर्ने गरी जिम्मेवारी दिईएको बताए ।

समिक्षा कार्यक्रममा वडाले गरेको एक बर्षको फेहरिस्त प्रस्तुत गर्दै वडा अध्यक्ष पंगेनीले वडामा निर्वाचित सदस्यहरुलाई वडाको टोल टोल हेर्ने गरी कार्यक्षेत्र विभाजननै गरेर काम अगाडी बढाइएको जानकारी गराए ।

उनले भौतिक पुर्वाधार, विकास निर्माण, व्यवसाय, सामाजिक संघ संस्था, खानेपानी व्यवस्थापन, शिक्षा स्वास्थ्य सहित अन्य काम समेत हेर्ने गरी वडा सदस्य, सिता खनाल, हरिहर ज्ञवाली, सविता वि क र तुल बहादुर थापा लाई जिम्मेवारी प्रदान गरिए अनुसार काम जारी रहेको बताए ।
एक बर्षमा ५३ वटा बैठक बसी विकास निर्माणको काम लाई तिब्रता दिइएको अध्यक्ष पंगेनीको भनाई रहेको छ ।
वडा अध्यक्ष पंगेनीले प्रदेश वन मन्त्रालयबाट बजेृट माग भए अनुसार वडा नं ८ स्थित जे.बि. हरित पार्क निर्माण कार्य १७ लाख ५०हजारमा सम्पन्न भएको छ । यस्तै ०७९÷०८० को बजेटबाट प्रगति टोलमा पी. सी. सी. मर्मत १०५.५० मि सम्पन्न भएको छ । धर्म सृजना टोलको मुनाल पथमा पिच मर्मत १८६ मि. ग्रिल जाली सहित सम्पन्न भएको छ भने धर्म जनकल्याण टोलको लुम्बिनी पथमा बाटों पिच मर्मत ८ मि सम्पन्न भएको छ ।
त्यस्तै धर्म जनकल्याण टोलको लुम्बिनी पथमा पि.सी. सि. १०९.५० मि तथा नयाँ नाली ४ मि., नाली मर्मत १२७.६० मि सम्पन्न भएको वडा अध्यक्ष पंगेनीले बताए ।

त्यस्तै धर्म जनकल्याण टोलको शिव पथमा पिच मर्मत १५५ मि. सम्पन्न भएको छ भने त्रिशक्ती टोलमा पिच मर्मत २६०.५०, नाली १६० मी. सम्पन्न भएको वडाले जनाएको छ ।

नव जागरण टोलको विवेक मार्ग पिच मर्मत १३७.५० मी. ग्रिल जाली सहित, नयाँ नाली १३ मि. कार्य निर्माणको क्रममा रहेको वडा अध्यक्ष पंगेनीले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष बामदेव क्षेत्री, भूमि आयोगका रुपन्देही जिल्ला अध्यक्ष हरि बहादुर आचार्य क्षेत्री, पुर्व वडा अध्यक्ष भिम प्रसाद श्रेष्ठ, नेकपा एमालेका नारायण प्रसाद घिमिरे, नेपाली काग्रेसका नेता राधेश्याम राजभण्डारी,वडा सचिव सुन्दरी आचार्य लगायतले आआफ्ना धारणा राखेका थिए ।

≪ Previous Post

ठमेलमा बाराही ग्रुपको नयाँ होटल 'बाराही काठमाडौं' सञ्चालनमा, करिब डेढ अर्ब लगानी

Next Post ≫

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताका शपथ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क