Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिय शपथ, तीन जना बिना बिभागिय मन्त्री नियुक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिय शपथ, तीन जना बिना बिभागिय मन्त्री नियुक्त

संसारपोस्ट संवाददाता · १५ बैशाख २०८० · 0
लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिय शपथ, तीन जना बिना बिभागिय मन्त्री नियुक्त
110
SHARES
ShareTweet
बुटवल । प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण गरेका हुन् ।
 प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

 

प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तै तीन मन्त्रीले पनि विना विभागीय मन्त्रीको शपथ  लिएका छन् । विना विभागीय मन्त्रीमा नियुक्त  भएका  माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले शपथ लिएका हुन ।  सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा उनीहरुले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका हुन ।

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।

 

≪ Previous Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज पद तथा गोपनीयताको सपथ लिदै

Next Post ≫

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क