पाल्पा । बसले स्कुटरलाई ठक्कर दिंदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटर सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ फूलगैरामा आज दिउँसो साढे एक बजे ठोक्किदा स्कुटरमा सवार न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लकाअनुसार बसलाई उछिन्ने क्रममा बससँग ठोक्किँदा न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
