Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ निजामति कर्मचारी संगठनको स्थापना दिवसमा शुभकामना आदान प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजामति कर्मचारी संगठनको स्थापना दिवसमा शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · ८ बैशाख २०८० · 0
निजामति कर्मचारी संगठनको स्थापना दिवसमा शुभकामना आदान प्रदान
80
SHARES
ShareTweet

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसर पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले जनताले अनुभुत हुनेगरी सहज सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरे ।
उनले संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि विश्वकर्माले बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । संगठनका केन्द्रीय सदस्यहरु दिपक शर्मा पौडेल, काशिराम आचार्य, नारायणप्रसाद भण्डारी लगायतले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा बोल्दै पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रमेशप्रसाद पाण्डेले अहिलेसम्मका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्न कर्मचारीलगायत सबै एकजुट हुनुपर्ने बताएका थिए । कर्मचारीका पेशागत सुरक्षाका विषयमा देखिएका अन्यौलता हटाउने गरी कानुन निर्माण गर्ने उल्लेख गर्दै उनले आवश्यक सुझावका लागि सबै कर्मचारीहरुलाई आग्रह गरेका थिए ।
नेकपा एमालेका रुपन्देहीका जिल्ला कमिटी सदस्य मेघदेव पन्त, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल, नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेशका महासचिव नेत्रप्रसाद आचार्य, जिल्ला उपाध्यक्ष ठानेश्वर बस्याल, सचिव जीवन पौडेल, स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल, राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शालिकराम पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो विमोचन गर्नुका साथै शुभकामना आदान प्रदान समेत गरिएको संगठनका अध्यक्ष प्रेम प्रसाद खनालले बताए ।

≪ Previous Post

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण

Next Post ≫

पाल्पामा बसले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क