Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण

संसारपोस्ट संवाददाता · ७ बैशाख २०८० · 0
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघमा पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण
100
SHARES
ShareTweet

बुटवल । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रामप्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष लेखनाथ भण्डारी तथा महासचिव माधव कुमार खनालले नवनिर्वाचित महासचिव अर्जुन थापालाई माइन्युट हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको हो ।

पद हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले पर्यटनको मेरुदण्ड सेवामुलक उद्योग भएको बताए । सरकारबाट पर्यटकिय क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका कार्यक्रम चलाउने र त्यसमा टेवा दिने काम सेवा उद्योगीहरुको हातमा रहने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले हरेक क्षेत्रको विकासका लागि सहमति, सहकार्य र एकता जरुरी रहेको भन्दै पर्यटनको विकास र विस्तारका लागि कार्य योजना बनाएर अगाडी बढ्न आह्वान गरे ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल र निवर्तमान अध्यक्ष हिराध्वज शाहले पर्यटनको विकास विना मुलुकमा आर्थिक सम्वृद्धि हुनै नसक्ने धारणा राखे । उनीहरुले पर्यटन व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि राज्य गम्भिर हुन पनि माग गरे ।
यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापा, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. का अध्यक्ष दधिराम खरेल, संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष वाबुराम गौतमलगायतले बोल्दै सेवा उद्योगमार्फत प्रवद्र्धन गर्ने गरि नीतिगत योजनामा जोड दिनुपर्ने सुझाव दिए ।
संघको ११ औं अधिवेसनबाट अध्यक्षमा लेखनाथ भण्डारी, बरिष्ठ उपाध्यक्षमा माधव खनाल, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टेक प्रसाद पराजुली, द्घित्तीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सचिव थमन बहादुर भण्डारी, सहसचिव अर्जुन पोखरेल, सहकोषाध्यक्ष माधव ढकाल, सदस्य एक बहादुर गाहामगर, केशवराज पाण्डे, एकादेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, सुन्दर कुमार श्रेष्ठ, मुरारी पाण्डे र सीता ढकाल निर्वाचित भएका छन् ।

≪ Previous Post

बुटवलको जितगढीमा मनाइयो जितगढी उत्सव (फोटो फिचर सहित)

Next Post ≫

निजामति कर्मचारी संगठनको स्थापना दिवसमा शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क