Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0
संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो
100
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरका नगररपालिकामा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको संस्थागतप्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकनमा मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथो स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।
भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागिरहने नगर प्रमुख खाँणले जानकारी दिए ।

≪ Previous Post

प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई

Next Post ≫

लुम्बिनी प्रदेशमा ११६४ वटा सवारी दुर्घटनामा ५५१ जनाको मृत्यु, १७२० जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क