Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0
प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई
80
SHARES
ShareTweet

बुटवल । बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिता २०७९ को उपाधि सन्जय श्रेष्ठले चुमेका छन् । रुपन्देही लन टेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा विहिबार सम्पन्न मेन्स सिंगलको फाईनलमा श्रेष्ठले अनिल सेन्चुरीलाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।
यसैगरी मेन्स डबल्सतर्फ गोपाल ज्ञवाली र अनिल सेन्चुरीको जोडी बिजेता बने । फाईनल खेलमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै ज्ञवाली र सेन्चुरीको जोडी विजेता बनेको हो ।
प्रतियोगिताका विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाइ एक समारोहका बीच समाजसेवी मृगेन्द्र शेरचन, कान्तिपुर पब्लिकेसनका प्रदेश प्रमुख दिपेन्द्र बडुवाल, सल्लाहकार मनोज कुमार बस्तेत, अर्जुन गुरुङ, उपाध्यक्ष राम बहादुर बिकले कप, मेडल वितरण गरेका थिए । चैत २८ देखि ३० गतेसम्म संचालन भएको प्रतियोगिताको दुई विधामा दुई दर्जन खेलाडीहरुले भाग लिएका थिए ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै समाजसेवी मृगेन्द्र शेरचनले खेलबाट खेलाडीमा अनुशासन विकाससंगै एकता ल्याउने बताए । लनटेनिस खेल र खेलाडीको पक्षमा आफू सहयोग गर्न तयार रहेको भन्दै युवाहरुको विकासमा खेलको महत्व रहेको उनले बताए ।
संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौं र पोखरापछि बुटवलमा लनटेनिस खेलको विकास भएको बताए । अन्तर्राष्ट्रियस्तरको लनटेनिस कोर्टको पुर्वाधार विकास गर्ने लक्ष्यसहित आफुहरु अघि बढेको उनले बताए । अध्यक्ष ज्ञवालीका अनुसार हाल लनटेनिस कोर्टमा प्रशिक्षकबाट ग्रासरुट खेल विकासका कार्यक्रमहरु गरिदै आएको छ ।

≪ Previous Post

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

Next Post ≫

संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम, देशभरमा चौथो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क