Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0
घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध
70
SHARES
ShareTweet

चरणवद्ध आन्दोलनको खाका तय गर्न रुपन्देही सञ्जालको बृहत बैठक आह्वान

बुटवल । चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र वजार विस्थापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को घरभाडा र बैंक व्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायीक संघसंस्थाहरुको सञ्जालको बृहत बैठक आह्वान गर्ने निर्णय गरेको छ । त्यसैगरि बैठकले चर्को बैंक व्याजका विरुद्ध चरणवद्ध आन्दोलनको खाका तयार गर्ने गरि तयारी गर्ने निर्णय गरेको छ ।
रुपन्देही व्यापार संघ, रुपन्दही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरवहाल सरोकार संघको रुपन्देही व्यापार संघको भवनमा बसेको संयुक्त बैठकले घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरवहाल घटाउन घरधनीहरुलाई सामुहिक आग्रह गरेको छ ।
बैठकमा बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धाराशाही हु“दै गइरहेको र त्यसबाट आएको संकटको विषयमा गम्भिर छलफल गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।
बैठकपछि जारी संयुक्त अपिलमा यस्तो अवस्थामा सुधार गरि मुलुकको अर्थतन्त्रलाई चलायमान गराउदै व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसले राष्ट्र असफल बन्ने बाटोमा जाने खतरा बढ्ने जनाउदै गम्भिर बन्न सबैका अनुरोध गरिएको छ ।
अपिलमा बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनीहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल वजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुमा पसल बन्द गर्ने संख्या बढ्दै गएको र वजार विस्थापित हुने क्रम बढ्देको प्रति चिन्ता व्यक्त गरिएको छ ।
अपिलमा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरवहाल सरोकार संघका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन् ।

≪ Previous Post

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

Next Post ≫

प्रथम लुम्बिनी प्रदेशस्तरीय लनटेनिस प्रतियोगिताको उपाधी सन्जय श्रेष्ठलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क