Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७९ · 0
एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा
60
SHARES
ShareTweet

भैरहवा । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको मर्चवारी गउँपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न गरेको छ । पार्टीको संगठन सुदृढीकरण अभियान–२०७९ अन्तर्गत बुधबार मर्चवारी–३ मा वडा भेला गरिएको एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिए ।
भेलाले बीरेन्द्रकुमार विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको भण्डारीले बताए । वडा भेलाको अवसरमा नेकपा एमाले परित्याग गरी २० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । एमाले त्याग गर्दै उनीहरुले एकीकृत समाजवादी मुलुक र जनताप्रति सच्चा पहरेदार पार्टी भएको जनाएका थिए ।
भेलामा बोल्दै एकीकृत समाजवादीका केन्द्रिय कमिटी सदस्य बाबुलाल यादवले संगठन बलियो बनाउँदै लगे आगामी निर्वाचनमा पार्टी ठूलो शक्ति बन्ने बताए । उनले पार्टीको नीति, सिद्धान्त र विचार अन्य पार्टीको भन्दा राम्रो भएको जनाउँदै सबै मर्चवारबासीलाई एकीकृत समाजवादीमा गोलबद्ध भएर समाज र मुलुक बनाउने अभियानमा लाग्न आग्रह गरे ।
उनले राजनीतिक दृष्टिकोण, मुलुक बनाउने एजेण्डा, इमान्दार तथा स्वच्छ छवि र बौद्धिक जमातका नेता तथा कार्यकर्ता भएको पार्टी एकीकृत समाजवादी भएको जनाउँदै सबै नागरिकलाई समाजवादीमा आएर अघि बढ्न आग्रह गरे । पार्टी प्रदेश कमिटी सदस्य कमल भण्डारी र आनन्दप्रसाद गुप्ता, जिल्ला सचिवालय सदस्य भण्डारी लगायतले बोल्दै पार्टीको धारणा, आगामी रणनीति, कार्यदिशाकाबारे बताउँदै सबै कार्यकर्ता एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले समाजवादीको एजेण्डामा मुलुक अघि बढीरहेको जनाउँदै आउँदा दिनमा पार्टी विशाल भएर जनभावनाअनुसार मुलुक बनाउने बताए ।
नवनिर्वाचित वडा कमिटी अध्यक्ष विश्वकर्माले एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार राम्रो लागेर आफू सक्रियरुपमा पार्टी निर्माणमा लागेको जनाए । उनले आमजनताको भावना बुझ्ने नेताहरु पार्टीमा भएकाले आगामी दिनमा मर्चवारका सबै वडा तथा टोल कमिटीहरु बनाएर सबै नागरिकलाई समाजवादीमा एकताबद्ध गराइने जनाए । उनले सबै सदस्यहरुको साथ लिएर पार्टीलाई मजबुत बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

≪ Previous Post

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी

Next Post ≫

घरवहाल घटाउन घरधनीलाई ब्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क