Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन

संसारपोस्ट संवाददाता · २९ चैत्र २०७९ · 0
एफएनसीसीआईको नयाँ नेतृत्वका लागि आज निर्वाचन
60
SHARES
ShareTweet

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। प्रज्ञा भवन कमलादीमा विहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
हिजोबाट सुरु भएको ५७ औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी ६० पदमा १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ जना, वस्तुगततर्फ १ सय २३ र एसोसिएट तर्फ १७ सय ६२ जना मतदाता रहेका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावारण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिइङ गर्ने जनाएका छन् ।
वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार आ–आफ्ना प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् । जिल्ला नगरतर्फका १ उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान, सकुन्तलाल हिराचन प्रतिस्पर्धामा छन् ।
एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ मैदानमा छन् । उम्मेदवारहरुले उद्योग व्यवसाय गर्न सहुलियतको ऋणदेखि १ खर्ब डलरको अर्थतन्त्र बनाउन महासंघले लिने रणनीतिको पैरवी गर्नेसम्मका प्रतिबद्धता जनाएका छन् । महासंघकै भिजन पेपरले अघि सारेका अवधारणा सबैजसोका चुनावी मुद्दा बनेका छन् । अतिरिक्त २२ लाख नयाँ रोजगारी, ऊर्जा विकास, पर्यटनमा नयाँ पूर्वाधार थप्ने गरी लगानी भित्र्याउनेलगायत प्रतिबद्धता उम्मेदवारहरुले उठाइरहेका छन् ।
लगानी भित्र्याएर मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन निजी क्षेत्रको अग्रणी भूमिका हुन्छ । देश आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा हुन लागेकाले पनि महासंघको चुनावलाई महत्त्वका साथ हेरिएको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन् । थाहा खबर

≪ Previous Post

कर्मचारी मिलन केन्द्रको भित्तेपात्रो विमोचन, नागरिकबाट गुनासो नआउने गरी काम गर्न सुझाव

Next Post ≫

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरमा बुटवलका उज्ज्वल कसजूसहित १८ जना विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क